असार २८, २०८२ शनिबार July 12, 2025

माछापुच्छ्रेका ३८ विद्यालयमा प्रतिस्पर्धाबाट प्रधानाध्यापक

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः माछापुच्छ्रे गाउँपालिकाले ३८ सरकारी विद्यालयमा प्रतिस्पर्धाका आधारमा प्रधानाध्यापक चयन गरी नियुक्तिको प्रक्रिया प्रारम्भ गरेको छ । साथै पालिकाले पाँच वर्षका लागि करारमा प्रधानाध्यापक छनोट गर्न सार्वजनिक सूचना निकालेर दरखास्त आह्वान पनि गरेको छ ।

गाउँपालिकाले आधारभूत तह (१-५) का लागि १८, आधारभूत तह (६-८)का लागि १० र माध्यमिक तह (९-११ं)का लागि चारजना र माध्यमिक तह (११-१२ं)का लागि छ गरी ३८ जना प्रधानाध्यापकका लागि दरखास्त आह्वान गरेको हो ।

विद्यालय विकास प्रस्ताव तयारी र प्रस्तुति तथा प्रधानाध्यापक छनोट मापदण्डअनुसारको अङ्कका आधारमा विद्यालयमा प्रअ छनोट गरिने सूचनामा जनाइएको छ ।

प्रधानाध्यापक छनोटका लागि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन पनि भएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया