भाद्र ५, २०८३ शुक्रबार August 21, 2026

नेपाल टेलिकमको एफटीटीएच प्याकेज परिवर्तन अफर

आलाकार्टा प्रणालीका टेलिभिजन प्याकेजहरु सब्स्क्रिप्सन गर्नका साथै प्याकेज परिवर्तन गर्न पाइने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाल टेलिकमले ग्राहक सेवा नम्बर १९८ मार्फत उच्च गतिको फाइबर टु द होम (एफटीटीएच) इन्टरनेट सेवाका प्याकेजहरु परिवर्तन गर्न सकिने सुविधा थप गरेको छ ।

नेपाल टेलिकमको मोबाइल तथा टेलिफोन सेवा प्रयोगकर्ताले १९८ मा डायल गरी फाइबर टु द होम जडान अनुरोध दर्ता गर्ने देखि आफ्नो आवश्यकता अनुसारका एफफटीएच सेवाका प्याकेजहरु परिवर्तन समेत गर्न सक्ने टेलिकमका प्रवक्ता किशोर कुमार भट्टले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

यसैगरी नेपाल टेलिकमले सोही ग्राहक सेवा नम्बर १९८ मार्फत आफ्ना टेलिभिजन सेवा (एनटीटीभी) का ग्राहकहरुका लागि आफ्नो आवश्यकता अनुसार आलाकार्टा (A’la Carte) शुल्क प्रणाली बमोजिमका बेसिक तथा प्रिमियम प्याकेज खरिद गर्न सकिने व्यवस्था गरेको छ । ग्राहकले १९८ डायल गरी आलाकार्टा प्रणालीका टेलिभिजन प्याकेजहरु सब्स्क्रिप्सन गर्नका साथै प्याकेज परिवर्तन पनि गर्न सक्नेछन् ।

यस सेवा सञ्चालनसँगै एफटीटीएच सेवाका प्याकेज परिवर्तनका लागि नेपाल टेलिकमको काउन्टरसम्म पुग्नुपर्ने अवस्थाको अन्त्य भइ ग्राहकको समय तथा श्रमको बचत हुने विश्वास कम्पनीको रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया