असार २८, २०८२ शनिबार July 12, 2025

माध्यमिक तह कक्षा १२ पास गरेपछि नो अब्जेक्सन लेटर पाउने व्यवस्थामा सहमति

१८ वर्ष उमेर पुगेका नागरिकलाई कक्षा १२ भन्दा माथिको उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्तिमा जान रोक्नु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । प्रतिनिधिसभा, कानुन न्याय तथा मानव अधिकार समितिले माध्यमिक तह कक्षा १२ पास गरेपछि नो अब्जेक्सन लेटर पाउने विषयमा सहमति गरेको छ ।

सरकारले छात्रवृत्ति सम्बन्धी ऐन २०२१ मा रहेको व्यवस्थालाई संशोधन गर्न केही नेपाल ऐनमा गरेको प्रस्तावमा आज भएको छलफलपछि समितिले माध्यमिक शिक्षा तह +२ पास गरेपछि नो अब्जेक्सन लेटर लिनसक्ने व्यवस्थामा सहमति गरेको हो ।

यसअघि, हालको एसइईसम्म मात्रै माध्यमिक र १०+२ लाई उच्च माध्यमिक मान्दै आएकोमा हाल कक्षा १२ सम्मलाई माध्यमिक शिक्षाभित्र राखिएका कारणले सरकारले स्पष्टताका लागि संशोधन प्रस्ताव प्रस्तुत गरेको थियो ।

नो अब्जेक्सन लेटर लिनका लागि १८ वर्षको उमेर पुरा हुनुपर्ने र १८ वर्ष उमेर नपुगेकाको हकमा अभिभावक सुनिश्चित भएको अवस्थामा विदेश पढ्न जान सक्ने व्यवस्था छ ।

छलफलमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले १८ वर्ष उमेर पुगेका नागरिकलाई कक्षा १२ भन्दा माथिको उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्तिमा जान रोक्नु नहुने बताउनुभयो ।

छलफलमा कतिपय सांसदहरुले नेपालमा नै स्नातक गरेपछि मात्रै बाहिर पढ्न जान सक्ने व्यवस्था गर्नुपर्ने, कतिपय सांसदहरुले छात्रवृत्तिमा पढ्न जान चाहने विद्यार्थीलाई जुनसुकै समयमा रोक्न नहुने तथा कतिपयले १२ पास गरेपछि बाहिर पढ्न जान रोक्न नहुने लगायतका विषयमा फरक फरक धारणा राख्नुभएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ प्रस्ताव स्वीकृत
२०८२ असार २७, शुक्रबार
त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा दुरुपयोग गर्नेबाट उठ्ने रकम निवृत्तिभरण कोषमा राख्ने
२०८२ असार २७, शुक्रबार
एन्फा यु-१६ लिग : चर्च बोइज युथ क्लबले बोइज युनाइटेडलाई ९-० गोल अन्तरले हरायो
२०८२ असार २७, शुक्रबार
दक्षिण कोरिया, अमेरिका र जापानका शीर्ष सैन्य प्रमुखहरूबीच सियोलमा भेट
२०८२ असार २७, शुक्रबार
रसुवा बाढीमा परेर मृत्यु हुनेको सङ्ख्या ११ पुगे, ८६२ जनाको उद्धार : अझै १९ जना बेपत्ता
२०८२ असार २७, शुक्रबार
नेपाली राजनीतिमा स्वर्गीय गोविन्द कँडेलको योगदान स्मरणयोग्य : सभापति देउवा
२०८२ असार २७, शुक्रबार
राजनीति आफ्नो प्राणमै रहेको छ : पशुपति शमशेर जबरा
२०८२ असार २७, शुक्रबार