श्रावण २, २०८२ शुक्रबार July 18, 2025

विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा फिजियोथेरापी सेवा विस्तार

फिजियो थेरापी सहित एक्युपञ्चर, कपिङ्ग, स्क्रब मसाज थेरापी, बोन सेटिङ्ग, फ्यूमेजिकेशन लगायतका परम्परागत चिनियाँ उपचार हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

चितवन, १२ साउन : विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा अत्याधुनिक फिजियोथेरापी सहितको परम्परागत चिनियाँ उपचार पद्धतिको स्तरबृद्धि गरिएको छ । अस्पतालमा अत्याधुनिक उपकरण थप गरी सेवा विस्तार गरिएको हो ।

परम्परागत चिनियाँ उपचार विशेषज्ञ चिकित्सक च्या सोङ्ग थाओका अनुसार रु ७० लाखभन्दा बढीका उपकरण थप गरी सेवा विस्तार गरिएको छ । यसैगरी रु २५ लाख बराबर खर्च गरेर उपचार कक्ष स्तरोन्नति गरिएको छ । फिजियो थेरापी सहित एक्युपञ्चर, कपिङ्ग, स्क्रब मसाज थेरापी, बोन सेटिङ्ग, फ्यूमेजिकेशन लगायतका परम्परागत चिनियाँ उपचार हुने उहाँले बताउनुभयो ।

चिकित्सक थाओले भन्नुभयो “विगतमा थोरै उपकरणले सेवा दिंदै आएका थियौं, अहिले अत्याधुनिक नयाँ उपकरण थप गरेर सेवा विस्तार गरेका छौं ।” चीन सरकारको आर्थिक सहयोगमा नै यी उपकरण र स्तरबृद्धिको काम गरिएको उहाँले जानकारी दिनुभयो ।

अर्का परम्परागत चिनिया उपचार विशेषज्ञ चिकित्सक लिउ च्यान चिर्रले मिडियम फ्रिक्वान्सी थेरापी डिभाईस, लो फ्रिक्वान्सी थेरापी डिभाइस, लिम्ब लिङ्केज मेडिकल डिभाईस, ट्रेड मिल, मोटराइज मुभमेन्ट थेरापी डिभाईस, स्टेण्डिङ्ग फ्रेम, ब्यालेन्सिङ बार लगायतका ३० भन्दा बढी आधुनिक उपकरण ल्याइएको जानकारी दिनुभयो ।

नसा, दीर्घकालिन दुखाइ व्यवस्थापन , हड्डीको समस्याको उपचार परम्परागत चिनिया पद्धति र आधुनिक उपकरणको समिश्रणबाट गरिने उहाँले बताउनुहुन्छ । उहाँले भन्नुभयो “क्रोनिक पेन, न्यूरोलोजिकल डिस अर्डर र ट्रमा इन्जुरीको चिनिया परम्परागत पद्धति सहित आधुनिक उपकरणको प्रयोग गरेर हामीले उपचार गर्दछौं ।”

हाल दस प्रतिशत हाराहारी क्यान्सरका र ९० प्रतिशत हाराहारी क्यान्सर बाहेकका बिरामी उपचारका लागि आउने गरेका छन् । यहाँ मासिक छ सय हाराहारी बिरामीलाई सेवा दिंदै आएकोमा अब यो संख्या बढ्ने अपेक्षा उहाँको छ ।

अस्पतालका कार्यकारी निर्देशक डा.शिवजी पौडेलले फिजियोथेरापीे सेवा क्यान्सरका बिरामीका लागि मात्रै नभएर सबैले लिन सक्ने बताउनुभयो । यस्तो सुविधा अन्यत्र नेपालमा नभएको जनाउँदै उहाँले न्यून शुल्कमा सेवा लिन सकिने बताउनुभयो । उहाँले भन्नुभयो “दीर्घकालिन दुखाइ, नसा च्यापिएको, ढाड दुखेको, खुट्टा झम्झमाउने लगायतका बिरामीले यो सेवा लिन सक्नुहुन्छ ।” चिनियाँहरुले सञ्चालन गरेको भएपनि यसको आम्दानी अस्पतालकै हुने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “भौतिक पूर्वाधार सहित उपकरण सहयोग र विशेषज्ञ सेवा चीन सरकारको तर्फबाट भएको हो ।” रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
न्याय सम्पादनलाई चुस्त बनाउन सहयोग गर्नु नै हाम्रो प्रयास रहनेछ : महान्यायाधिवक्ता, बडाल (अन्तवार्ता)
२०८२ श्रावण २, शुक्रबार
नाइटोमा तेल लगाउँदा हुनेछ पेट सफा
२०८२ श्रावण २, शुक्रबार
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार