असार २८, २०८२ शनिबार July 12, 2025

काठमाडौं महानगरमा २ हजार ८५९ जना विद्यार्थीले पाए छात्रवृत्ति

विद्यार्थीहरुले प्रवेश पत्र प्राप्त गरेकै विधिबाट आफ्नो शिफारिस सम्बन्धी जानकारी पाउन सक्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः महानगरले कक्षा ११ को छात्रवृत्तिका लागि २ हजार ८५९ जना विद्यार्थीको नाम सार्वजनिक गरेको छ ।

काठमाडौँ महानगरपालिकाको छात्रवृत्ति छनोट समितिको निर्णयअनुसार शनिबार २ हजार ८५९ जना विद्यार्थीको नाम सार्वजनिक गरेको हो ।

यसको विवरण इमेलबाट विद्यालयहरुलाई पठाइसकिएको महानगरले जनाएको  छ। यस्तै विद्यार्थीहरुलाई एसएमएस पठाइएको महानगरले भनेको छ। विद्यार्थीहरुले प्रवेश पत्र प्राप्त गरेकै विधिबाट आफ्नो शिफारिस सम्बन्धी जानकारी पाउन सक्नेछन् ।

साउन ४ गते लिइएको परीक्षाको नतिजामा विषयगत र समूहगत योग्यता क्रम, परीक्षार्थीले अनलाइन आवेदन फाराम भर्दा शिक्षण संस्थाहरुमा गरेको प्राथमिकता क्रमअनुसार आरक्षण र समूहगत रुपमा छुट्याइएको सिट संख्याका आधारमा सूची प्रकाशन गरिएको महागरले जनाएको छ ।

नाम प्रकाशन भएका विद्यार्थीले साउन १५ गतेभित्र भर्ना गर्न महानगरले आग्रह गरेको छ। छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरुले कुनै पनि शुल्क तिर्नु पर्दैन ।

छात्रवृत्ति छनोट समितिका संयोजक एवं शिक्षा अधिकारी गोविन्दप्रसाद शर्मा भन्छन्, ‘कतिपय विद्यालयहरुले भर्ना, प्रयोगशाला शुल्क माग गरेको गुनासो आएको छ। हामी यस विषयमा जानकारी लिँदैछौँ।’

विभागले विद्यालयले शुल्क माग गरेकोसहित भर्नामा कुनै समस्या भए तत्काल सम्पर्क गर्न कार्यालय र शिक्षा अधिकृतहरुको नम्बर उपलब्ध गराएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ प्रस्ताव स्वीकृत
२०८२ असार २७, शुक्रबार
त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा दुरुपयोग गर्नेबाट उठ्ने रकम निवृत्तिभरण कोषमा राख्ने
२०८२ असार २७, शुक्रबार
एन्फा यु-१६ लिग : चर्च बोइज युथ क्लबले बोइज युनाइटेडलाई ९-० गोल अन्तरले हरायो
२०८२ असार २७, शुक्रबार
दक्षिण कोरिया, अमेरिका र जापानका शीर्ष सैन्य प्रमुखहरूबीच सियोलमा भेट
२०८२ असार २७, शुक्रबार
रसुवा बाढीमा परेर मृत्यु हुनेको सङ्ख्या ११ पुगे, ८६२ जनाको उद्धार : अझै १९ जना बेपत्ता
२०८२ असार २७, शुक्रबार
नेपाली राजनीतिमा स्वर्गीय गोविन्द कँडेलको योगदान स्मरणयोग्य : सभापति देउवा
२०८२ असार २७, शुक्रबार
राजनीति आफ्नो प्राणमै रहेको छ : पशुपति शमशेर जबरा
२०८२ असार २७, शुक्रबार