काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षण गराएर बालुवाटार फर्किएका छन् ।
प्रधानमन्त्री ओली नियमित चेक जाँचका लागि अपरान्ह गंगालाल अस्पताल बाँसबारी पुगेका थिए । उनी स्वास्थ्य परीक्षणपछि साँझ फर्किएका हुन् ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार मुटुको नियमित परीक्षणका क्रममा प्रधानमन्त्री ओली गंगालाल अस्पताल जानुभएकोमा अत्यावश्यक परीक्षण गरी प्रधानमन्त्री निवास बालुवाटार फर्किसक्नु भएको जानकारी दिए ।
उनले केही महिनाअघि दोस्रोपटक मृगौला प्रत्यारोपण गरेका थिए।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया