काठमाण्डौंः काठमाडौँको भित्री सहरमा गठेमङ्गल अर्थात घण्टाकर्ण पर्व मनाइएको छ । प्रत्येक वर्ष श्रावण कृष्ण चतुर्दशीका दिन याे पर्व मनाउने गरिन्छ।
चाडपर्वमध्ये सबैभन्दा जेठो मानिएको गठेमङ्गल अर्थात घण्टाकर्ण पर्व सांस्कृतिक परम्पराअनुसार विशेष गरी राजधानीको भित्री भागका नेवार समुदायले मनाउँछन्।
परापूर्व कालदेखि मनाउँदै आएको यस पर्वमा गठेमङ्गल नाम गरेको नरभक्षी राक्षस मारिएको सम्झना स्वरूप हरियो नर्कट, निगालो अथवा गहुँको छ्वाली मिसाएर तीन खुट्टे राक्षसको स्वरूप बनाई दोबाटो र चौबाटोमा उभ्याइने चलन छ।
छ्वालीबाट बनाई दोबाटो र चौबाटोमा दिनभर राखिने गठेमङ्गल बेलुकी भने खेतको बिचमा लगेर बाल्दा धानमा कीरा नलाग्ने विश्वास रहेको छ। स्थान एवं कुल परम्पराअनुसार कतै भने गठेमङ्गललाई खोला वा नदी किनारमा लगेर पनि बगाइन्छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया