असार २८, २०८२ शनिबार July 12, 2025

ग्रेडवृद्धि परीक्षामा २ हजार ८ सय ९७ जना सहभागी हुने

जिल्लाभरिमा सबै विद्यार्थिहरुका लागि विभिन्न ८ वटा विद्यालयहरूमा परीक्षा केन्द्रहरू निर्धारण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

अछाम । माध्यमिक शिक्षा परीक्षा (एसइई २०८०) को ग्रेडवृद्धि परीक्षा अन्तर्गत अछामबाट २ हजार ८ सय ९७ जना सहभागी हुने भएका छन् । शिक्षा विकास तथा समन्वय इकाई अछामका अनुसार यही श्रावण २३ गतेदेखि सञ्चालन हुने ग्रेडवृद्धि परीक्षामा १ हजार ३ सय १६ जना छात्र र १ हजार ५ सय ८१ जना छात्रा गरि २ हजार आठ सय ९७ जना सहभागी हुन लागेका हुन ।

माध्यमिक शिक्षा परीक्षा (एसइई २०८०) को ग्रेडवृद्धि परीक्षामा सबैभन्दा बढी विद्यार्थी अनिवार्य गणित विषयमा रहेका शिक्षा विकास तथा समन्वय इकाई अछामका सूचना अधिकारी सुरेन्द्र बजगाईले जानकारी दिनुभयो । सूचना अधिकारी बजगाईँका अनुसार अनिवार्य अङ्ग्रेजीमा १ हजार ७ सय ९६ जना, नेपालीमा ८ सय ५९ जना, विज्ञानमा १ हजार २ सय ६१ जना र सामाजिकमा ८ सय ४ जना परीक्षार्थी रहेका छन् ।

यसैगरी ऐच्छिक विषयहरू अर्थशास्त्रमा ८ सय ५६, लेखामा २ सय २३, गणितमा ३९ जना, जनसङ्ख्यामा १० जना, वातावरणका २ जना, शिक्षामा ५७ जना, स्वास्थ्यका १४ जना, कम्प्युटरका ५६ जना, कृषिका ३४ जना र प्राविधिक धारतर्फका परीक्षार्थी ४२ जना रहेका छन् ।

ग्रेडवृद्धि परीक्षाका लागि जिल्लाभरिमा सबै विद्यार्थिहरुका लागि विभिन्न ८ वटा विद्यालयहरूमा परीक्षा केन्द्रहरू निर्धारण गरिएको छ । जसमा षोडशादेवी मावि मङ्गलसेन, राधा मावि बोगटीगाउँ, जनकल्याण मावि साँफेबगर, सूर्यचन्द्र मावि कालीमाटी, कालिकेश्वरी मावि तुर्माखाँद, नेरा मावि चाफामाण्डौ, विद्यामन्दिर मावि विनायक र जाल्पादेवी मावि ढाँकु रहेका छन् । ग्रेडवृद्धि परीक्षालाई शान्तिपूर्ण, मर्यादित र सुव्यवस्थित रुपमा सञ्चालन गर्नका लागि आवश्यक प्रबन्ध मिलाइएको भन्दै सूचना अधिकारी बजगाईले सबैले आआफ्नो तर्फबाट सक्दो सहयोग गर्न अनुरोध गर्नुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ प्रस्ताव स्वीकृत
२०८२ असार २७, शुक्रबार
त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा दुरुपयोग गर्नेबाट उठ्ने रकम निवृत्तिभरण कोषमा राख्ने
२०८२ असार २७, शुक्रबार
एन्फा यु-१६ लिग : चर्च बोइज युथ क्लबले बोइज युनाइटेडलाई ९-० गोल अन्तरले हरायो
२०८२ असार २७, शुक्रबार
दक्षिण कोरिया, अमेरिका र जापानका शीर्ष सैन्य प्रमुखहरूबीच सियोलमा भेट
२०८२ असार २७, शुक्रबार
रसुवा बाढीमा परेर मृत्यु हुनेको सङ्ख्या ११ पुगे, ८६२ जनाको उद्धार : अझै १९ जना बेपत्ता
२०८२ असार २७, शुक्रबार
नेपाली राजनीतिमा स्वर्गीय गोविन्द कँडेलको योगदान स्मरणयोग्य : सभापति देउवा
२०८२ असार २७, शुक्रबार
राजनीति आफ्नो प्राणमै रहेको छ : पशुपति शमशेर जबरा
२०८२ असार २७, शुक्रबार