असार २८, २०८२ शनिबार July 12, 2025

दश करोड लगानीमा गण्डकी विश्वविद्यालयको भवन बन्ने

१० करोड ९२ लाख ७१ हजार बनिरहेको तीन तले भवन २०८२ मङ्सिर २ गतेभित्र सक्नुपर्ने सम्झौता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं, साउन २५ गते । गण्डकी प्रदेश सरकारले सञ्चालन गरेको गण्डकी विश्वविद्यालयले पोखरा महानगरपालिका वडा नम्बर ३२, मालमुलमा प्रमुख प्रशासकीय भवन बनाउँदै छ । १० करोड ९२ लाख ७१ हजार बनिरहेको तीन तले भवन २०८२ मङ्सिर २ गतेभित्र सक्नुपर्ने सम्झौता छ ।

अमेक्क्षा निर्माण कम्पनी काठमाडौँले कामको जिम्मा पाएको छ । भवनको भुईँ तलामा १६ वटा कोठा रहने छन् । त्यहाँ विद्यार्थी कल्याणकारी तथा सामाजिक मामिला, आविष्कार केन्द्र, अनुसन्धान केन्द्र, लेखा लगायतका कार्यालय रहनेछन् । विश्वविद्यालयका योजना तथा विकास प्रमुख इन्जिनियर सुदीप कोइरालाले दोस्रो तलामा रजिस्ट्रार कार्यकाल, योजना तथा विकास कार्यालय, आर्थिक प्रशासन, सामान्य प्रशासन, आइटी युनिट, सभा हललगायत रहने जानकारी दिनुभयो ।

भवनको तेस्रो तालमा ११ कोठा रहने छन् । त्यहाँ कुलपति र उपकुलपतिका कार्यालय, सभाकक्ष, मानव संशाधन व्यवस्थापन कार्यालय र अन्तर्राष्ट्रिय सम्बन्ध समितिका कार्यालय रहनेछन् । नौ सय २७ वर्ग मिटरमा बन्ने यो भवनमा ४२ कोठा रहने छन् । भवनको प्रारम्भिक काम सुरु भइसकेको र शुक्रवार औपचारिक रूपमा नेपाल सरकारका प्रवक्तासमेत रहनुभएका सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले शिलान्यास गर्नुहुने विश्वविद्यालयका रजिस्ट्रार डा कैलाश तिमिल्सिनाले जानकारी दिनुभयो ।

गुरुयोजना बमोजिम संरचना निर्माण, शैक्षिक कार्यक्रम चलाएर चाँडै विश्वविद्यालयलाई लक्ष्यअनुसार प्रभावकारी रूपमा सञ्चालन गरिने रजिस्ट्रार डा तिमिल्सिनाले जानकारी बताउनुभयो । “आगामी वर्ष हाम्रो पहिलो ब्याचका विद्यार्थीको दीक्षान्त हुँदै छ । पहिलो दीक्षान्त आफ्नै भवनमा गर्ने हाम्रो योजना छ,” उहाँले भन्नुभयो ।

गण्डकी विश्वविद्यालयको स्वामित्वमा पोखरा ३२ मालमुलमा पाँच सय २६ रोपनी जग्गा छ । त्यहाँ राष्ट्रिय आविष्कार केन्द्रसहित शैक्षिक कार्यक्रम सञ्चालनका लागि केही भवन बनिसकेका छन् ।

२०७६ मा स्थापना भएको गण्डकी विश्वविद्यालयले विश्वव्यापी मान्यता र स्तर अनुसारको शिक्षा दिने लक्ष्य लिएको छ । अहिले यो विश्वविद्यालयले केन्द्रीय कार्यालय मालमुल, मुस्ताङ चोक र महेन्द्र पुलमा विभिन्न सङ्कायमा पढाइ सञ्चालन गरिरहेको छ । खेलकुद व्यवस्थापनमा स्नातक पहिलो पटक नेपालमा सुरु गरेको यसले यो शैक्षिक सत्रबाट स्नातकोत्तरमा कृत्रिम बौद्धिकता (एआई) अध्यापन सुरु गर्दै छ । गण्डकी विश्वविद्यालयले ब्याचलर इन इन्फरमेसन टेक्नोलोजी, ब्याचलर अफ फार्मेसी, बिबिए र बिएएलएलबीका कक्षसमेत सञ्चालन गरिरहेको छ । गोप

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ प्रस्ताव स्वीकृत
२०८२ असार २७, शुक्रबार
त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा दुरुपयोग गर्नेबाट उठ्ने रकम निवृत्तिभरण कोषमा राख्ने
२०८२ असार २७, शुक्रबार
एन्फा यु-१६ लिग : चर्च बोइज युथ क्लबले बोइज युनाइटेडलाई ९-० गोल अन्तरले हरायो
२०८२ असार २७, शुक्रबार
दक्षिण कोरिया, अमेरिका र जापानका शीर्ष सैन्य प्रमुखहरूबीच सियोलमा भेट
२०८२ असार २७, शुक्रबार
रसुवा बाढीमा परेर मृत्यु हुनेको सङ्ख्या ११ पुगे, ८६२ जनाको उद्धार : अझै १९ जना बेपत्ता
२०८२ असार २७, शुक्रबार
नेपाली राजनीतिमा स्वर्गीय गोविन्द कँडेलको योगदान स्मरणयोग्य : सभापति देउवा
२०८२ असार २७, शुक्रबार
राजनीति आफ्नो प्राणमै रहेको छ : पशुपति शमशेर जबरा
२०८२ असार २७, शुक्रबार