श्रावण २, २०८२ शुक्रबार July 18, 2025

मंगल ग्रहमा तरल पानीको भण्डार रहेको वैज्ञानिक अनुसन्धानबाट पुष्टि

चट्टानी बाहिरी क्रस्टको गहिराइमा वैज्ञानिकहरुले फेला पारे पानीको भण्डार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं। मंगल ग्रहमा पानी हुनसक्ने भन्दै लामो समयदेखि जारी वैज्ञानिक अनुसन्धानले मूर्त रुप पाएको छ । हालै मंगल ग्रहको चट्टानको गहिराइमा तरल पानीको भण्डार भेटिएको वैज्ञानिकहरुले पुष्टि गरेका छन् ।

मंगल ग्रहको चट्टानी बाहिरी क्रस्टको गहिराइमा वैज्ञानिकहरुले पानीको भण्डार फेला पारेका हुन् । सन् २०१८ मा मंगलग्रहबाट फर्किएको नासाको मार्स इनसाइट ल्याण्डरको डाटाको नयाँ विश्लेषणबाट वैज्ञानिकहरु यो निष्कर्षमा पुगेका हुन् ।

ल्यान्डरले सिस्मोमिटर बोकेको थियो । यसले मंगलग्रहको गहिराइबाट चार वर्षको कम्पन अर्थात् भूकम्पहरू रेकर्ड गरेको थियो । ती भूकम्पहरूको विश्लेषण र ग्रहको गति अनुसन्धानबाट तरल पानीको भूकम्पीय संकेतहरु भेटिएका हुन् ।

मंगल ग्रहको ध्रुवमा पानी जमेको र वायुमण्डलमा वाष्पको प्रमाण भए पनि ग्रहमा तरल पानी भेटिएको यो पहिलो पटक हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नाइटोमा तेल लगाउँदा हुनेछ पेट सफा
२०८२ श्रावण २, शुक्रबार
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार
मातृशिशु मृत्युदर घटाउन गर्भवतीलाई पोषण
२०८२ श्रावण २, शुक्रबार