असार २६, २०८२ बिहिबार July 10, 2025

शिक्षिका मृत्युको शोकमा पालिकाभर शोक बिदा

गाउँपालिकाको कार्यालय र यस अन्तर्गतका सबै कार्यालयहरूमा शोक बिदा दिने निर्णय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

खोटाङ, साउन ३२। पहिरोले पुरेर शिक्षिकाको मृत्यु भएको शोकमा रावा बेसी गाउँपालिकाले आज शोक बिदा दिएको छ । शुक्रवार गाउँपालिकाको कार्यालय र यस अन्तर्गतका सबै कार्यालयहरूमा शोक बिदा दिने निर्णय गरेको हो ।

बिहीबार बिहान विद्यालय जाँदै गरेकी रावा बेसी गाउँपालिका–३ लामिडाँडाकी सावित्रीदेवी नेवारको पहिरोले पुरिएर मृत्यु भएको थियो । बिश्वज्योती मावि लामिडाँडामा कार्यरत शिक्षिका नेवारलाई वडा कार्यालय नजिकै पहिरोले पुरेको हो ।

तल्लो सडकबाट यात्रा गरिरहनु भएका शिक्षिका सावित्रीदेवीलाई माथिल्लो सडकबाट झरेको पहिरोले पुरेको हो । उनीसँगै अगाडि हिँडिरहेकी आफन्त ७० वर्षीया हर्क कुमारी श्रेष्ठ भने पहिरोबाट जोगिएकी छन। शिक्षिका सावित्रीदेवीलाई प्रहरी र स्थानीयले पहिरो खनेर मृत अवस्थामा निकालेका थिए ।

शिक्षिका सावित्रीदेवीको अनिवार्य अवकाश हुन केही समय मात्र बाकी रहेको विद्यालयले जनाएको छ । विद्यालय जाँदै गर्दा पहिरोले पुरेर शिक्षिकाको असामयिक निधन भएकाले दुःख व्यक्त गर्दै शोक बिदा दिइएको गाउँपालिकाले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया