कार्तिक १५, २०८३ आइतबार November 1, 2026

नेविसंघसित देउवा आक्रोशितः ‘म चारपटक प्रधानमन्त्री भएँ, तिमीहरू कसरी नेता हुन्छौ ?’

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डाैंः नेपाली कांँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको भातृ सङ्गठन नेपाल विद्यार्थी संघलाई झगडा गरेर समय बर्बाद नगर्न र सङ्गठन बलियो बनाउन निर्देशन दिएका छन् ।

नेपाली कांँग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको ९६ औँ जन्म जयन्तीको अवशरमा नेविसंघ केन्द्रीय समितिले शुक्रबार काठमाडौंँको शान्ति वाटिकामा आयोजना गरेको रक्तदान कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले यस्तो विचार ब्यक्त गरेका हुन् ।

वि.सं. १९८१ असार १८ गते जन्मनुभएका कोइरालाले नेपालमा राजा भएकै अवस्थामा देशको प्रधानमन्त्री र राष्ट्राध्यक्षको जिम्मेवारी सम्हाल्नुभएको थियो । कोइरालाकै नेतृत्वमा २०६२/६३ को जनआन्दोलन अगाडि बढेको थियो र पहिलो संविधानसभाको निर्वाचन भएको थियो ।

विगतका आन्दोलनमा जुझारु सङ्गठनका रूपमा रहेको नेविसंघ पछिल्लो समयमा गुट-उपगुटमा विभाजित भएर कमजोर भएको देउवाका ठहर छ । कार्यक्रममा नेविसंघका पूर्वमहामन्त्री मनोजमणि आचार्यले सङ्घको अधिवेशन गराउन नदिएको भन्दै सङ्गठनलाई चलायमान बनाउने वातावरण बनाउन सभापति देउवासँग आग्रह गरेका थिए ।

त्यसपछि आक्रोशित मुद्रामा प्रस्तुत हुनुभएका देउवाले भन्नुभयो, ‘‘राम्रोसँग गर्नुस्, नेविसंघलाई बलियो बनाउनुस्, गाउँ ठाउँमा सबै स्कुल, कलेजमा जित्नुस्, जहाँ पनि हारेको हार्यै छ, नेविसंघलाई लाज पनि छैन, पहिला हामीले सबै ठाउँमा जितेका थियौँ ।’’

‘स्कुलमा नेविसंघ बनाऊ भन्यो बनाउँदै बनाउँदैन् । सबै ठाउँमा कम्युनिस्टले जितेका छन्’ भन्दै सभापति देउवाले ‘अहिले नेविसंघभित्र देखिएको विवाद केही होइन, दुई पक्षबीच बसेर समाधान निस्कन्छ’ बताए।

नेविसंघको सभापति भएर नै आफू देशको चार पटक प्रधानमन्त्री भएको उदाहरण पेश गर्दै सभापति देउवाले बलियो सङ्गठनबिना कसरी देशको नेता बन्छौँं भनी विद्यार्थी नेतालाई सचेत गराए । उनले कोरोना (कोभिड १९) महामारीको बेला कार्यक्रम किन गरेको ? भन्दै प्रश्नसमेत गरे ।

नेविसंघका केन्द्रिय अध्यक्ष राजीव ढुङ्गानाका अनुसार, रक्तदान कार्यक्रममा ६१ जनाले रक्तदान गरेका थिए । कोरोना कारण रक्तदान कार्यक्रम निकै कम हुँदा अस्पतालमा बिरामीले रगत नपाएकाले कार्यक्रम आयोजना गरिएको अध्यक्ष ढुङ्गानाले जानकारी दिएका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विप्लवबाट अलग भएको उमा भुजेल नेतृत्वको पार्टी नेपाली कम्युनिस्ट पार्टीमा मिसिँदै
२०८३ कार्तिक १५, आइतबार
लोकतान्त्रिक मूल्य र मान्यताविपरीत हुने कुनै पनि गतिविधि कांग्रेसलाई स्वीकार्य हुँदैन्ः सभापति थापा
२०८३ कार्तिक १५, आइतबार
NPL 2026 : Janakpur defeat Pokhara by 9 runs
२०८३ कार्तिक १५, आइतबार
‘अब देशले अस्थिरता र उथलपुथल थेग्न सक्दैन’ : पूर्वप्रधानमन्त्री भट्टराई
२०८३ कार्तिक १५, आइतबार
एनपीएलमा जनकपुरको दोस्रो जित, पोखरा ९ रनले पराजित
२०८३ कार्तिक १५, आइतबार
एनपिएल : जनकपुरद्वारा पोखरासामु १४८ रनको लक्ष्य प्रस्तुत
२०८३ कार्तिक १५, आइतबार
प्रधानमन्त्री शाहको चेतावनीपूर्ण अभिव्यक्ति : ‘सही समय आएपछि सबैको गलत समय आउँछ’
२०८३ कार्तिक १५, आइतबार