भाद्र ६, २०८३ शनिबार August 22, 2026

टिकटकमाथिको प्रतिबन्ध खुला गर्ने सरकारको निर्णय

टिकटकलाई तीन महिनाभित्रमा विभिन्न मापदण्ड र प्रक्रिया पूरा गर्न पनि निर्देशन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । सरकारले टिकटकमाथि प्रतिबन्ध खुलाउने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले शर्तसहित टिकटकलाई लगाइएको प्रतिबन्ध खुल्ला गर्ने निर्णय गरेको सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले जानकारी दिएका छन् ।

बैठकले टिकटकलाई तीन महिनाभित्रमा विभिन्न मापदण्ड र प्रक्रिया पूरा गर्न पनि सरकारले निर्देशन गरेको छ ।

तत्कालिन पुष्पकमल दाहाल प्रचण्ड सरकारले गत वर्षको कात्तिकदेखि सामाजिक विकृति बढाएको भन्दै टिकटक बन्द गर्ने निर्णय गरेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया