भाद्र २८, २०८३ आइतबार September 13, 2026

बझाङको पहिरोमा हराईरहेका सात जनामध्य ३ जनाको शव भेटियोः खोजी कार्य जारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः बझाङमा गए राति पहिरोले डेढ दर्जन घर बगाउँदा बेपत्ता भएकामध्ये ६ जनाको शव भेटिएको छ ।

बझाङको केदारस्युँ गाउँपालिका-८ मल्लेसीमा गएको पहिरोमा परेर बेपत्ता भएकामध्ये ६ जनाको शव भेटिएको वडाध्यक्ष गणेश बोहराले जानकारी दिएका छन् ।

अहिलेसम्म ६ जनाको शव भेटिएको जानकारी दिंदै वडाध्यक्ष बोहराले भने, ‘अझै एक जना बेपत्ता बेपत्ता हुनुहुन्छ ।’ वडाध्यक्ष बोहरका अनुसार पहिरोले पुरिएर ४४ वर्षीय राममती देवी जेठारा, उनका १२ वर्षीय छोरा प्रयाग जेठारा, १३ वर्षीया छोरी अस्मीता जेठारा, दले जेठारा, १५ वर्षीय सन्तु जेठारा र १५ वर्षीय शान्ति जेठाराको शव भेटिएको छ ।

२२ वर्षीय गिरी जेठाराको अवस्था अज्ञात रहेको वडाध्यक्ष बोहराले बताएका छन् । जनप्रतिनिधि, स्थानीय र प्रहरीले उनको खोजी कार्य गरिरहेको छ । उद्धारका लागि अहिले दुर्गाथली र धोताको प्रहरी टोली घटनास्थल पुगेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया