असार २६, २०८२ बिहिबार July 10, 2025

शान्तिपूर्ण समाज निर्माणका लागि शिक्षाले योगदान गर्नुपर्छ : प्रधानमन्त्री

गुणवान् व्यक्तित्व तयार गरेर विश्वविद्यालयले समाजलाई योगदान पुर्‍याउनुपर्ने भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विकसित, आधुनिक र शान्तिपूर्ण समाज निर्माणका लागि शिक्षाले योगदान गर्न सक्नुपर्ने बताउनुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित सुदूरपश्चिम विश्वविद्यालयको १२औँ सभामा कुलपति ओलीले गुणवान् व्यक्तित्व तयार गरेर विश्वविद्यालयले समाजलाई योगदान पुर्‍याउनुपर्ने बताउनुभयो ।

प्रधानमन्त्रीले भन्नुभयो, “गुरुहरूले ऋषिमन र भावका साथ काम गर्नुपर्छ । त्यसो भएमा चेलाले गुरुलाई मान्छन् । विद्यार्थीलाई शिष्ट, नम्र र शालीन हुन सिकाउन सक्नुपर्छ नत्र समाज अनुकूल शिक्षा हासिल भएको मान्न सकिँदैन ।”

सुदूरपश्चिम विश्वविद्यालयको स्थापनापूर्वक छलफलमा आफू सहभागी भएको उल्लेख गर्दै उहाँले सुदूरपश्चिमको संस्कृति र पन झल्कने खालको शिक्षा दिन पनि पदाधिकारीलाई सुझाव दिनुभयो ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं सहकुलपति विद्या भट्टराई सहभागी सभामा उपकुलपति प्रा डा हेमराज पन्तले  विश्वविद्यालयको समग्र अवस्था र रजिष्ट्रार प्रा यज्ञराज पाठकले कार्यक्रम तथा बजेटसम्बन्धी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया