श्रावण २, २०८२ शुक्रबार July 18, 2025

क्यान्सर अस्पतालमा ‘बोनम्यारो प्रत्यारोपण सेवा’ को तयारी

संरचना निर्माणदेखि चिकित्सकलाई सैद्धान्तिक र प्राविधिक तालिमसम्मका लागि चीनले आर्थिक सहायता उपलब्ध गराउने सहमति

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

चितवन, भदौ १० गते । यहाँको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बोनम्यारो प्रत्यारोपण सेवा युनिट निर्माणको तयारी गरिएको छ । चीन सरकारको सहयोगमा उक्त सेवा सञ्चालनको तयारी गरिएको हो ।

अस्पतालका कार्यकारी निर्देशक डा. शिवजी पौडेलका अनुसार सेवा सञ्चालनका लागि भवन निर्माण, उपकरण खरिद र जनशक्तिलाई तालिमसमेत चीन सरकारले व्यवस्थापन गर्ने छ । यसअघि नेपाल सरकारसँग यससम्बन्धी सम्झौता भइसकेको भन्दै उहाँले सन् २०२४ को अन्तिमदेखि भवन निर्माण सुरु हुने बताउनुभयो ।

गत वैशाख १३ गते स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेल र चिनियाँ अन्तर्राष्ट्रिय विकास सहयोग संस्था (चाइना इन्टरनेसनल डेभलेपमेन्ट को–अपरेसन एजेन्सी) का प्रमुख लियु झाओ हुईले यससम्बन्धी सम्झौतामा हस्ताक्षर गरिसक्नुभएको निर्देशक डा पौडेलले जानकारी दिनुभयो ।

सम्झौतामा ‘चीन सरकारले बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बोनम्यारो प्रत्यारोपण सेवा सञ्चालनका लागि सहयोग गर्नेछ’ भन्ने उल्लेख छ । त्यसका लागि संरचना निर्माणदेखि चिकित्सकलाई सैद्धान्तिक र प्राविधिक तालिमसम्मका लागि चीनले आर्थिक सहायता उपलब्ध गराउने सहमति भएको उहाँले बताउनुभयो ।

अस्पतालका उपनिर्देशक डा. उमेश नेपालका अनुसार चिनिया टोली यहाँ आएर भवन निर्माणस्थलको अनुगमन गरेर गइसकेको छ । उहाँले हालको प्रशासन भवनको पछाडि रहेको जग्गा छनोट गरिएको बताउनुभयो ।

उपनिर्देशक नेपालले ठाउँको छनोट भइसकेको भन्दै उक्त ठाउँको माटो परीक्षणको काम समेत चिनियाँ टोलीले गरिसकेको जानकारी दिनुभयो । आफूहरूले स्थान दिने, पानी र बिजुलीको व्यवस्थापनलगायत स्थानीय समन्वय गर्ने बताउँदै उपनिर्देशक नेपालले भन्नुभयो, “भवन निर्माणदेखि उपकरण खरिद र जनशक्तिलाई तालिमसम्मको काम चिनियाँ सहयोगमा हुन्छ । भवनको डिजाइन, प्रविधि सबै चिनियाँले गर्ने सहमति भएको छ ।”

नेपालमा फाट्टफुट्ट काठमाडौँमा ‘बोनम्यारो’ प्रत्यारोपणको काम हुने भए पनि छुट्टै युनिट बनाएर गर्न लागिएको यो पहिलो भएको उपनिर्देशक नेपालको भनाइ छ । बोनम्यारो प्रत्यारोपण युनिट पाँच शय्याको हुने उहाँले जानकारी दिनुभयो ।

कार्यकारी निर्देशक डा. पौडेलले निर्माण सुरु भएको एक वर्षमा भवन सम्पन्न हुने जनाउँदै त्यस लगत्तै सेवा सञ्चालन हुने बताउनुभयो । भन्नुभयो, “चिनियाँ आफैँले निर्माण गर्ने भएकाले काम छिटो हुन्छ ।” उपकरण खरिद पनि चिनियाँ अन्तर्राष्ट्रिय विकास सहयोग संस्थाले गर्ने भएकाले झन्झटिलो नहुने भन्दै उहाँले भवन निर्माण सम्पन्न भए लगत्तै उपकरण जडान गरेर सेवा सञ्चालन हुने बताउनुभयो ।

कार्यकारी निर्देशक डा. पौडेलका अनुसार भवन निर्माण र उपकरण खरिदपछि यहाँका जनशक्तिलाई तालिमसमेत चिनियाँ टोलीले उपलब्ध गराउने छ । उहाँले भन्नुभयो, “सम्पूर्ण तयारी पूरा गरेर अस्पताललाई हस्तान्तरण गर्ने हो । यो अस्पतालको निर्माणसमेत चिनियाँ सरकारको सहयोगमा भएको हो ।” रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
शैक्षिक सत्र २०८२/८३ का लागि कक्षा ११ छात्रवृत्तिमा १६ हजार १३७ विद्यार्थी सहभागी हुने
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीमा सम्मानजनक ढंगले व्यवस्थापन गर्छौं : योगेश भट्टराई
२०८२ श्रावण २, शुक्रबार
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
२०८२ श्रावण २, शुक्रबार
आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
२०८२ श्रावण २, शुक्रबार
भण्डारीको राजनीतिक यात्रामा एमाले पदाधिकारी नै बाधक !
२०८२ श्रावण २, शुक्रबार
राष्ट्रिय एकता अभियान र एकीकृत समाजवादीबीच एकता हुँदै
२०८२ श्रावण २, शुक्रबार
वर्ष दिनमै सरकारको ऋण दुई खर्ब ३१ अर्ब बढ्यो
२०८२ श्रावण २, शुक्रबार