असार २६, २०८२ बिहिबार July 10, 2025

कालीदेवी प्राविका प्रधानाध्यापकको चट्याङले ज्यान गयो

शव पोस्टमार्टमका लागि सल्यान जिल्ला अस्पतालमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । सल्यानमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । कालीमाटी गाउँपालिका १ लक्ष्मीपुर सातलखोलाका ५६ वर्षीय दल बहादुर कार्कीको चट्याङ लागेर मृत्यु भएको हो ।

सोमबार घर नजिकै गोठालो गएका बेला चट्याङ लागेर गम्भीर घाइते भएका कार्कीको उपचारका लागि अस्पताल लैजानेक्रममा बाटोमै मृत्यु भएको हो ।

कार्की कालीदेवी प्राथमिक विद्यालय सातलखोलाका प्रधानाध्यापक भएको कालीमाटी गाउँपालिका–१ का वडाध्यक्ष रविलाल खत्रीले बताए । उनको शव पोस्टमार्टमका लागि सल्यान जिल्ला अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया