भाद्र २७, २०८३ शनिबार September 12, 2026

प्रधानमन्त्रीको दुत बनेर नेम्वाङले भेटे देउवालाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी संसदीय दलका उपनेता एंव स्थायी समिति सदस्य सुवास नेम्वाङले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीको आग्रहअनुसार प्रधानमन्त्रीकै अनुमतिमा आफूले आइतबार बिहान सभापति देउवालाई भेटेको नेम्वाङले बताएका छन।

भेटमा आफूले समसामयिक राजनीतिक घटनाक्रमबारे प्रमुख प्रतिपक्षी दलका नेता देउवालाई जानकारी गराएको नेम्वाङको भनाइ छ। प्रधानमन्त्रीको आग्रहमा देउवासँग कुराकानी गरेको नेम्वाङले बताएका छन ।

देउवासंगको भेटमा आफूले वर्तमान समसामयिक राजनीतिक कुराकानीबारे जानकारी गराएको उनको भनाइ छ। प्रधानमन्त्रीजीलाई भन्नुपर्ने केही भए राख्न आफूले देउवालाई आग्रह गरेको पनि नेम्वाङको भनाइ छ। जवाफमा देउवाले तपाईहरुको विवाद आन्तरिक हो विवाद चाँडो टुंगोमा पुगोस्, शुभकामना छ भनेको बताईएको छ ।

सो  भेटमा सभापति देउवाले संवैधानिक परिषदका बाँकी नियुक्ति प्रक्रिया, एमसिसी, संविधानका मर्मविपरीत आएका एकपछि अर्का विधेयकहरू लगायतमा छलफल गरी अगाडि बढ्नुपर्ने धारणा राखेका थिए।

देउवासंग यसअघि प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच असार १७ गते भेट भएको थियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यमनका सरकारी फौजद्वारा लाल सागरको सहरमा हुथीहरूमाथि प्रहार
२०८३ भाद्र २७, शनिबार
इन्द्रजात्राको साइतः आइतबार इन्द्रध्वजाको लिङ्गो उठाउन रुख काटिने
२०८३ भाद्र २७, शनिबार
भूकम्पपछि लोमान्थाङमा स्थानीय र विद्यार्थी त्रिपालमुनिको बास
२०८३ भाद्र २७, शनिबार
भोटेकोशी बाढी : १ हजार ३ सय ८४ जनाको शव फेला
२०८३ भाद्र २७, शनिबार
संविधानको रक्षार्थ परिवर्तनकारी शक्ति एक हुनुको विकल्प छैनः नेपाल
२०८३ भाद्र २७, शनिबार
कङ्गोको विद्यालयमा आगलागी, मृतकको सङ्ख्या २६ पुग्यो : युनिसेफ
२०८३ भाद्र २७, शनिबार
प्रधानमन्त्री राहत कोषमा सहयोग बढ्दै, हालसम्म साढे १३ अर्ब मौज्दात
२०८३ भाद्र २७, शनिबार