कार्तिक १७, २०८३ मंगलबार November 3, 2026

कुमार बेनको निवासबाट बालेन सरकार चलेको भन्दै संसदमा जंगिए अमरेश

सरकारको केन्द्र सिंहदरबार नभएर ज्वागल भइरहेको आरोप

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेशकुमार सिंह फेरि एकपटक प्रधानमन्त्री बालेन्द्र शाहप्रति खनिएका छन् । बालेन सरकार बनेयता निरन्तर विरोध गर्दै आएका उनले बिहीबार प्रतिनिधिसभा बैठकमा बालेनको सत्तालाई ‘तासको घर’ को संज्ञा दिए ।

सिंहले सरकारको केन्द्र सिंहदरबार नभएर ज्वागल भइरहेको आरोप लगाएका छन्। उनले संविधानअनुसार, सरकार नचलेको बताए। ‘संविधानअनुसार सरकार चलिरहेको छैन। हामीले अहिले अर्को संविधानको कल्पना पनि गरेका छैनौँ,’ उनले भने।

सल्लाहकारका कारण सरकारको केन्द्र अन्तै भइरहेको उनको भनाइ थियो। ‘उहाँको सल्लाहकार हार्वर्ड, अक्सफोर्ड र क्याम्ब्रिज पढेको होइन होला,’ सिंहले भने, ‘सरकारका केन्द्र मैले सिंहदरबार हुन्छ मैले बुझेको छु। तर सरकारका केन्द्र ज्वागल बनेको छ। हुकुमी शासन चलिराछ।’

प्रधानमन्त्री शाहका प्रमुख राजनीतिक सल्लाहकार कुमार बेनलाई इंगित गर्दै उनले सरकार बदनाम भइरहेको बताए। बेन ललितपुरको ज्वागलमा बस्छन्। सिंहले बेन केही समयअघि नयाँदिल्ली पुगेर लिजा होटलमा बसेको पनि रहस्य खोले ।

सरकारले संविधानका आधारभूत स्तम्भमाथि आक्रमण गरिरहेको उनको आरोप छ। ‘चुनावी मैदानमा जाँदा र हामी संविधान बदल्छौँ त्यो भनेका थिएनौँ,’ उनले भने, ‘सरकारले गणतन्त्र, संघीयता, समावेशिता, धर्मनिरपेक्षतामाथि प्रहार गरिरहेको छ।’

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तारकेश्वरमा साझा बस सञ्चालन हुने, यस्तो छ सुन्धारादेखि बालाजु बाइपाससम्म प्रस्तावित रुट
२०८३ कार्तिक १७, मंगलबार
सभामुख अर्याल र कांग्रेस संसदीय दलका नेता आङ्देम्बेबीच भेटवार्ता
२०८३ कार्तिक १७, मंगलबार
नवनियुक्त इयु राजदूत ह्वाइटली र परराष्ट्रमन्त्री खनालबिच शिष्टाचार भेटवार्ता
२०८३ कार्तिक १७, मंगलबार
पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित ९७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२०८३ कार्तिक १७, मंगलबार
उमा भुजेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी प्रचण्ड-माधवको नेकपामा समाहित
२०८३ कार्तिक १७, मंगलबार
देशभर लागूऔषधसहित पक्राउ पर्ने क्रम जारी, एकै दिन १२ जिल्लामा प्रहरीको एक्सन
२०८३ कार्तिक १७, मंगलबार
जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ
२०८३ कार्तिक १७, मंगलबार