श्रावण २, २०८२ शुक्रबार July 18, 2025

लुम्बिनीमा डेंगु संक्रमण उच्च, ३५९ जनामा डेंगु पुष्टि

हिमाल, पहाड र तराईका जिल्लाहरूमा निरन्तर डेंगु संक्रमित फेला परिरहँदा त्यसको नियन्त्रण चुनौती बढ्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

नेपालगञ्ज । लुम्बिनी प्रदेशमा यस बर्ष पनि डेंगुको संक्रमण उच्च देखिएको छ । अघिल्ला बर्ष जस्तै यस बर्ष पनि उल्लेख्य मात्रामा डेंगुका बिरामी भेटिएका छन् । यो सिजनमा हालसम्म ३५९ जना डेंगु संक्रमित बिरामी भेटिएका छन् ।

लुम्बिनी प्रदेशमा सबैभन्दा बढी पाल्पा जिल्लामा १४७ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । त्यसपछि रुपन्देहीमा ८४ जनामा डेंगु देखिँदा दाङमा ६८ र बाँकेमा ३० जनालाई डेंगु भएको छ । यस्तै अर्घाखाँचीमा ११, बर्दिया ८, प्युठान ६, रोल्पा ३ तथा रुकुम पूर्व र नवलपरासी पश्चिममा १/१ जनामा डेंगु पुष्टि भएको लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

यस बर्ष नेपालका चार जिल्ला बाहेक सबै जिल्लामा डेंगु संक्रमित फेला परिसकेका छन् । हिमाल, पहाड र तराईका जिल्लाहरूमा निरन्तर डेंगु संक्रमित फेला परिरहँदा त्यसको नियन्त्रण चुनौती बनिरहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
शैक्षिक सत्र २०८२/८३ का लागि कक्षा ११ छात्रवृत्तिमा १६ हजार १३७ विद्यार्थी सहभागी हुने
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीमा सम्मानजनक ढंगले व्यवस्थापन गर्छौं : योगेश भट्टराई
२०८२ श्रावण २, शुक्रबार
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
२०८२ श्रावण २, शुक्रबार
आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
२०८२ श्रावण २, शुक्रबार
भण्डारीको राजनीतिक यात्रामा एमाले पदाधिकारी नै बाधक !
२०८२ श्रावण २, शुक्रबार
राष्ट्रिय एकता अभियान र एकीकृत समाजवादीबीच एकता हुँदै
२०८२ श्रावण २, शुक्रबार
वर्ष दिनमै सरकारको ऋण दुई खर्ब ३१ अर्ब बढ्यो
२०८२ श्रावण २, शुक्रबार