असार २३, २०८२ सोमबार July 7, 2025

नेपाल बैंकको सिस्टम नै ह्याक गरेर भ्रष्टाचार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल बैंकको प्रणाली नै ह्याक गरी भ्रष्टाचार गरेको अभियोगमा आज तत्कालीन शाखा प्रबन्धकविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

नेपाल बैंकको डिल्लीबजार शाखाका तत्कालीन प्रबन्धक भूपराज कोइरालाले बैंकमा जम्मा गर्नुपर्ने व्याजसमेत आफ्नो निजी खातामा जम्मा गरेको, बैंकिङ प्रणालीमा प्रयोग गरिने व्यक्तिगत टेलर आइडी र अन्य प्राविधिक प्रणालीको दुरुपयोग गरी रु ५४ लाख ८४ हजार ४५ बराबरको रकम दुरुपयोग गरेको पाइएको छ ।

बैंकिङ कार्यालयको हिसाब अनधिकृतरुपमा खर्च गरी सरकारी स्रोतको दुरुपयोग गरेको अनुसन्धानबाट खुलेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो । आयोगले आरोपी कोइरालाले हानिनोक्सानी पु¥याएको रकम असुल गरी हदैसम्मको कारवाहीको माग गर्दै आज विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।

यस्तै आयोगले कम्बल खरिदमा भ्रष्टाचार गरेको अभियोगमा राजदेवी नगरपालिका रौतहटका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मनोजकुमार रजकसहित छ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

गौरस्थित गिरधारीकुमार अग्रवालको पसलबाट रु ४०० प्रतिथान मूल्यपर्ने कम्बललाई रु एक हजार २०० प्रतिथानमा खरिद गरी हिनामिना गरेको पाइएको छ । सो नगरपालिकाले ४०८ थान कम्बल खरिद गरेको थियो । आयोगले गरेको अध्ययनअनुसार कम्बल खरिदमा रु एक लाख १५ हजार ७८२ बराबरको भ्रष्टाचार गरेको पाइएको छ ।

आयोगले तत्कालीन निमित्त कार्यलय प्रमुख प्रमोदकुमार वर्मा, तत्कालीन लेखापाल वैद्यनाथ झा, लेखापाल रेणु यादव, कम्बल बिक्रेता गिरधारीकुमार अग्रवाल, वडा नं २ का अध्यक्ष सनुप महतोविरुद्ध समान रु एक लाख १५ हजार ८७२ बराबरको भ्रष्टाचार गरेको आरोप लागेको छ । उनीहरुविरुद्ध बिगो असुल गरी कारवाहीको मााग गरिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार