असार २६, २०८२ बिहिबार July 10, 2025

काठमाडौ विश्वविद्यालयको दीक्षान्त समारोहः २३ सय बढी विद्यार्थी दीक्षित हुँदै

स्नातकोत्तर तहमा स्कुल अफ आर्टसमा ४ सिजिपिए ल्याउने सुश्री मिजला चित्रकारलाई चान्सलर स्वणर्पदकले सम्मानित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काभ्रे- काठमाडौ विश्वविद्यालयको २९औँ दीक्षान्त समारोहको दोश्रो चरणको दीक्षान्त समारोह आज हुँदैछ । २ हजार ३ सय १४ जना विद्यार्थीहरुलाई दीक्षित गराउन प्रधानमन्त्री तथा कुलपति केपि शर्मा ओली धुलिखेल आउनुहुने कार्यक्रम छ ।

२९औँ दीक्षान्त समारोहको दोश्रो चरणको कार्यक्रममा स्कुल अफ आर्टस, एजुकेशन, इन्जिनियरिङ्ग, म्यानेजमेन्ट, मेडिकल साईन्सेज र साईन्स विद्याका २ हजार ३ सय १४ जना विद्यार्थी सोही दिन दीक्षित हुनेछन् ।

दीक्षित हुने मध्ये १ हजार १ सय ८६ जना अर्थात ५१.२५ प्रतिशत छात्र र १ हजार १ सय २८जना अर्थात४८.७५ प्रतिशत छात्रा रहेका छन् ।

अमेरिका, मेक्सिको, डेनमार्क, चीन, भुटान, इजरायल, जर्मनी, भारत, माल्दिभ्स, श्रीलंका, कजाखस्थान, सिङ्गापुर, अर्जेन्टिना, भियतनाम, ब्राजिल, फिनल्याण्ड, स्वीडेन, प्यालेस्टाईन र सुडान लगायतका १९ देशका २ सय ४२ अर्थात १०.५ प्रतिशत छन् ।

विश्वविद्यालयबाट हालसम्म ४५ हजार ४ सय ३७ जना उर्तिण भएका छन् । सभामा कुलपति प्रधानमन्त्री ओली, सह कुलपति शिक्षामन्त्री विद्या भट्टराई लगायत सहभागि हुनेछन् ।

उक्त समारोहमा स्नातकोत्तर तहमा स्कुल अफ आर्टसमा ४ सिजिपिए ल्याउने सुश्री मिजला चित्रकारलाई चान्सलर स्वणर्पदक, स्कुल अफ साईन्सबाट स्नातक तहमा ४ सिजिपिए ल्याउने भाइस चान्सलर स्वणर्पदक प्रदान गर्नेछ ।

त्यस्तै भाइस चान्सलर स्वणर्पदक स्नातक तहमा मनिपाल कलेज अफ मेडिकलका स्वीकार दाहाल, न्हुछेरत्न तुलाधर स्वणर्पदक विराट मेडिकल कलेज विराटनगर, रस्मिता पौडेल, रमेशप्रसाद सिंह स्वणर्पदक स्कुल अफ मेकिडल साईन्सेज अर्जुन दासलाई र स्कुल अफ एजुकेशनबाट महेशनाथ पराजुली स्वणर्पदक सुश्री रनिषा पौडेललाई प्रदान गरिनेछ ।

समारोहमा कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षता रहनेछ । बरिष्ठ संस्कृतिविद डा.जगमान गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न हुने कार्यक्रममा सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईको मन्तब्य सहित उपकुलपति प्रा.डा.भोला थापाको स्वागत मन्तब्य रहनेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कक्षाकोठालाई वस्तुभाउबाट जोगाउन विद्यालयमा घेराबारा
२०८२ असार २६, बिहिबार
हिमताल विस्फोटबाटै रसुवामा बाढी
२०८२ असार २६, बिहिबार
रास्वपाद्वारा रुपन्देही-३ को उम्मेदवारका लागि आवेदन आह्वान
२०८२ असार २६, बिहिबार
टी–२० विश्वकप एसिया छनोट प्रतियोगितामा नेपाल समूह बी मा
२०८२ असार २६, बिहिबार
अनुशासनहीन कार्यकर्तामाथि काँग्रेसको डण्डा, पूर्वमन्त्रीदेखि जिल्ला सभापतिसम्म निष्कासित
२०८२ असार २६, बिहिबार
त्रिविको वार्षिक साधारणसभा : ६३औँ ग्रेस लिष्ट पारित
२०८२ असार २६, बिहिबार
दक्षिण कोरियाका पूर्वराष्ट्रपति यून सुक–योलविरुद्ध पक्राउ पुर्जी जारी
२०८२ असार २६, बिहिबार