असार २६, २०८२ बिहिबार July 10, 2025

युग सुहाउँदो नयाँ शिक्षा नीति बनाउन माग गर्दै महरले दर्ता गरे कांग्रेस कार्यालयमा पत्र

शिक्षा नीति बनाउने प्रस्ताव पेस गरिदिन र पारितका लागि आवश्यक पहल गरिदिन आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका शिक्षा विभाग प्रमुख नैनसिंह महरले युग सुहाउँदो शिक्षा नीति बनाउन माग गर्दै केन्द्रीय कार्यालय सानेपामा पत्र दर्ता गरेका छन्।

उनले शिक्षा नीतिका विषयमा केन्द्रीय समितिमा ठोस छलफल होस् भन्दै सभापति शेरबहादुर देउवा र पदाधिकारीहरूका नाममा पत्र दर्ता गराएका हुन्।

शुक्रबार मुख्यसचिव कृष्णप्रसाद पौडेलमार्फत महरले पत्र दर्ता गरेका छन्।

शिक्षा नीति बनाउने प्रस्ताव पेस गरिदिन र पारितका लागि आवश्यक पहल गरिदिन आग्रह गर्दै उनले पत्र दर्ता गरेको बताए।

‘युग सुहाउँदो शिक्षा नीतिका लागि आधिकारीक धारणा बनाउन जारी केन्द्रीय समिति बैठकमा शिक्षा नीति निर्माणको प्रस्ताव पेस गरिदिन र पारितका लागि आवश्यक पहल गरिदिन आग्रह गर्दै पत्र दर्ता गराएको छु,’ महरले भने।

उनले मुलुकको विद्यमान शिक्षा प्रणालीका सन्दर्भमा गम्भीर समीक्षा तथा पुनरवलोकन आवश्यक रहेको बताएका छन्।

संघीयताको मर्मअनुसार शिक्षामा सबैको पहुँच सुनिश्चित गर्न र सर्वव्यापी, जीवनोपयोगी, प्रतिस्पर्धी एवं गुणस्तरयुक्त बनाउनुपर्ने पनि बताए।

‘सबै तहको शिक्षालाई प्रतिस्पर्धी, प्रविधिमैत्री, रोजगारमूलक र उत्पादनमुखी बनाएर देशको आवश्यकता अनुरुपको मानव संशाधन विकास गर्ने नयाँ शिक्षा नीति आवश्यकता छ,’ महरले भने।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया