श्रावण २८, २०८३ बिहिबार August 13, 2026

नरैनापुरमा झाडापखालाबाट चार जनाको मृत्यु, सात बिरामी

गर्मी र खानेपानी दूषित भएका कारण झाडापखाला फैलिएको हुनसक्ने स्वास्थ्यकर्मीको अनुमान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

खजुरा(बाँके) । नरैनापुरमा झाडापखालाका कारण चार जनाको मृत्यु भएको छ । बाँकेको नरैनापुर गाउँपालिका–३ गेगली गाउँमा फैलिएको झाडापखालाबाट सात जना बिरामी परेका छन् ।

नरैनापुर–३ का वडाध्यक्ष अजय मिश्राले झाडापखालाबाट गेगलका २५ वर्षीय रुसा पासी र उनकी डेढ वर्षकी छोरी नन्दनी पासी, ६० वर्षीया शान्ति पासी र १० वर्षीय युसुफ अलीको मृत्यु भएको जानकारी दिए ।

भारतीय सीमासँग जोडिएको गाउँ गेगलीमा झाडापखाला फैलिएको नरैनापुर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नगेन्द्रकुमार साहले जानकारी दिए । उनले भने,“ आफूसहित अन्य स्वास्थ्यकर्मीको टोलीले गाउँमै पुगेर बिरामीको उपचार गरिरहेका छौँ ।”झाडापखाला नियन्त्रण गर्न स्वास्थ्य कार्यालय बाँकेसँग समेत समन्वय भएको छ  गर्मी र खानेपानी दूषित भएका कारण झाडापखाला फैलिएको हुनसक्ने स्वास्थ्यकर्मीको भनाइ छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तेह्र जनालाई जग्गाधनी पुर्जा प्रदान
२०८३ श्रावण २८, बिहिबार
एसीसी प्रिमियर कपको खेल तालिका परिवर्तन
२०८३ श्रावण २८, बिहिबार
वीर अस्पतालको निर्देशकमा डा. विकास नेपाल नियुक्त
२०८३ श्रावण २८, बिहिबार
राष्ट्रिय सभा बैठक : ग्यास अभाव र कालोबजारी नियन्त्रण गर्न सरकारसँग सांसदको माग
२०८३ श्रावण २८, बिहिबार
पोखरालाई पर्यटनसँगै ‘आइटी हब’ बनाउने मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता
२०८३ श्रावण २८, बिहिबार
सरकारी पूजा सामग्रीसहित डोटीबाट बडीमालिकातर्फ निस्कियो ‘पेटारो’
२०८३ श्रावण २८, बिहिबार
पश्चिमी देशमाथि आक्रमण गर्ने पुटिनको चेतावनी
२०८३ श्रावण २८, बिहिबार