कार्तिक २९, २०८३ आइतबार November 15, 2026

गणेश भगवानको दर्शन गर्दै थाहा पाउनुहोस् आजको राशिफल

मकरलाई राजनीति क्षेत्रमा खर्च बढ्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

मेष राशिः आफ्नो काममा प्रभुत्व जमाउन सफल भइने छ। परिवारमा धन आर्जन हुने समय देखिन्छ। व्यापारमा फल प्राप्तिको योग छ। अध्ययनमा रुचि हुनेछ। धार्मिक कार्यमा रुचि बढ्ने देखिन्छ।

वृष राशिः स्वजनबाट धन खर्च योग छ। यात्रा गर्दा दिनको सुरुमै गर्नु होला। सहयोग लिएर काम नगरी आफैं कार्य गर्नु होला। स्वास्थ्यमा केही विकार आउने देखिन्छ। सामाजिक कार्यमा सम्मान मिल्ने छ।

मिथुन राशिः व्यापार व्यवसायमा शुभ छ। विद्यार्थीका लागि पढाइ राम्रो हुने योग रहेको छ। सामान्य कर्ण रोग देखापर्न सक्नेछ। नयाँ स्थानको यात्रामा रुचि नलिनु होला। वाणी सिद्धि हुने योग छ।

कर्कट राशिः अध्ययनमा सफलता मिल्ने छ। उन्नतिप्रगति कम हुने समय छ। घरपरिवारमा प्रेम सद्भाव हुनेछ। उदर रोग देखिन सक्छ। कार्यमा थोरै बाधा आउने छ। व्यापार व्यवसाय गर्नेलाई मध्यम छ।

सिंह राशिः विलासी खानपानमा प्रवेश नगर्नु नै बेस हुन्छ। भूमि क्रय र गृह निर्माणको योग छ। व्यापारमा सामान्य फल प्राप्त हुनेछ। सवारी साधन क्रयको योग छ।  अध्ययनमा सफलता मिल्ने छ।

कन्या राशिः अध्ययनको क्षेत्रमा दिन राम्रो रहेको छ। जग्गा सम्वन्धी काममा फल प्राप्तिको योग छ। उन्नति हुने योग छ। धातु व्यवसायमा लगानी गरेमा उचित लाभ प्राप्त हुने छ। मित्रहरुबाट कार्यसिद्धि योग रहेको छ।

तुला राशिः प्रयास गर्दा अवसर प्राप्त हुने देखिन्छ। अध्ययन, लेखनको क्षेत्रमा सफलता प्राप्त हुने छ। सँगिनीसँग प्रेम सद्भाव रहने छ। व्यापार व्यवसायमा हल्का फल प्राप्तिको समय छ। उद्योगमा लगानी गर्दा मध्यम छ।

वृश्चिक राशिः इष्टमित्रसँग वैचारिक मिलापको योग रहेको छ। व्यापारव्यवसायमा फल प्राप्तिको योग छ। नवीन कार्यमा हात नहाल्नु होला। सामाजिक पदप्रतिष्ठा, सम्मान मिल्ने छ। आर्थिक लाभ हुने दिन छ।

धनु राशिः कार्य गर्नु शुभ छ। विलासी कार्यमा रुचि नगर्दा राम्रो छ। वैदेशिक यात्राको योग देखिन्छ। व्यापारको कार्य गर्दा विचार पुर्‍याएर गर्नु होला। आर्थिक क्षेत्रमा सफलता मिल्नेछ।

मकर राशिः राजनीति क्षेत्रमा खर्च बढ्ने छ। नयाँ कार्य सिद्धिमा सामान्य बाधा छ। व्यापार क्षेत्रको आर्थिक लगानीमा विचार गर्नुपर्ला। सामान्य चर्म रोग देखिन सक्छ। धार्मिक कार्यमा रुचि बढ्ने देखिन्छ।

कुम्भ राशिः अध्ययनार्थीलाई ज्ञान आर्जनमा रुचि बढ्ने छ। पारिवारिक सदस्यहरुबीच शुभ सम्वन्ध रहने छ। हिंड्दा मतभिन्न हुन सक्ने हुँदा, जोगिनु होला। वैदेशिक यात्रामा भाग्य राम्रो छ।

मीन राशिः पराक्रमबाट कार्यसिद्धि हुने योग छ। राजनीतिमा सफलता मिल्नेछ। साथीभाइसँग भेटघाट हुनेछ। नयाँ कार्यगर्दा विचारपूर्वक गर्नुहोला। नयाँ जिम्मेवारी प्राप्त हुने छ। यात्राको समय रहेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बहराइनमा इरानको ड्रोन आक्रमण, अमेरिकी सैन्य अखडानजिक विस्फोट र साइरन
२०८३ कार्तिक २९, आइतबार
इरानविरुद्ध एकजुट हुन नेतान्याहुको प्रस्ताव
२०८३ कार्तिक २९, आइतबार
सबै नागरिकले सुरक्षित महसुस गर्ने राज्य निर्माण गर्नु आजको आवश्यकता : सभामुख अर्याल
२०८३ कार्तिक २९, आइतबार
क्यान्सर अस्पतालको स्तरोन्नतिमा चिनियाँ सहयोग आवश्यक: राष्ट्रियसभा अध्यक्ष दाहाल
२०८३ कार्तिक २९, आइतबार
खुलामञ्चको क्षति सुधार्दै कांग्रेस, दुबो रोपेर संरक्षणको जिम्मेवारी लिने प्रतिबद्धता
२०८३ कार्तिक २९, आइतबार
एनपीएल : कर्णाली याक्सद्वारा चितवन राइनोजलाई १५४ रनको लक्ष्य
२०८३ कार्तिक २९, आइतबार
जलवायु प्रतिबद्धता कार्यान्वयनमा लैजान राष्ट्रसंघको जोड
२०८३ कार्तिक २९, आइतबार