श्रावण १, २०८२ बिहिबार July 17, 2025

राप्ती प्रादेशिक अस्पतालको सिटी स्क्यान सेवा बन्द

करिब तीन करोड ८० लाख रुपियाँ मूल्य बराबरको मेसिन बिग्रिएको पाँच महिना हुँदा पनि  मर्मत नहुँदा बिरामी मारमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

घोराही, भदौ १९ गते । दाङको तुलसीपुरमा रहेको राप्ती प्रादेशिक अस्पतालमा सिटी स्क्यान सेवा बन्द भएको छ । स्वास्थ्य मन्त्रालय प्रदेश आपूर्ति व्यवस्थापन केन्द्रले उपलब्ध गराएको सिटी स्क्यान गर्ने मेसिन बिग्रिएपछि पाँच महिनादेखि सेवा बन्द भएको हो ।

राप्ती प्रादेशिक अस्पतालमा सिटी स्क्यान सेवा बन्द हुँदा गम्भीर नसासम्बन्धी बिरामी तथा दुर्घटनाका घाइतेलाई उपचारका लागि अन्यत्र सिफारिस गर्नुपर्ने बाध्यता छ । राप्ती प्रादेशिक अस्पताल प्रशासन शाखाका प्रमुख रेश्मीराज अधिकारीका अनुसार प्रदेश आपूर्ति केन्द्र बुटवलको आर्थिक सहयोगमा करिब चार वर्षअघि सिटी स्क्यान मेसिन जडान भएको थियो ।

करिब तीन करोड ८० लाख रुपियाँ मूल्यको उक्त मेसिन बिग्रिएको पाँच महिना हुँदा पनि  मर्मत गरिएको छैन । मेसिन बिग्रिएलगत्तै अस्पताल प्रशासनले मेसिन सप्लाई गर्ने कम्पनीलाई जानकारी गराएको अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो, “कम्पनीले प्राविधिक पठाएर मर्मतका लागि स्टिमेट पनि तयार ग¥यो । सबै मर्मत गरी सञ्चालनमा ल्याउन एक करोड १५ लाख रुपियाँ लाग्ने भएकाले मर्मत गर्न सकेका छैनौँ ।” अस्पतालले यस विषयमा प्रदेश स्वास्थ्य मन्त्रालयमा पत्राचार गरे पनि अहिलेसम्म प्रदेश स्वास्थ्य मन्त्रालयबाट कुनै जवाफ नआएको उहाँले बताउनुभयो ।

प्रादेशिक अस्पतालले सिटी स्क्यान सेवा दिँदा दैनिक करिब छ/सात जनासम्म सेवा लिन आउने गरेको भन्दै प्रशासन प्रमुख अधिकारीले बिग्रिएपछि बिरामीलाई समस्या भएको बताउनुभयो । अस्पतालले सिटी स्क्यान सेवा दिएबापत एक जना बिरामीबाट तीन हजार पाँच सय रुपियाँदेखि सात हजार रुपियाँसम्म लिने गरेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला फुटबलर साम्बाले अष्ट्रेलियाको ए लिग खेल्ने
२०८२ श्रावण १, बिहिबार
साफ महिला यू-२० च्याम्पियनसिपमा श्रीलंकाविरुद्धको खेलमा नेपाल विजयी
२०८२ श्रावण १, बिहिबार
‘बेहडाबाबालाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न आवश्यक’
२०८२ श्रावण १, बिहिबार
उद्योग पूर्वाधार तयार नगरी औद्योगिकीकरण सम्भव छैन : मन्त्री भण्डारी
२०८२ श्रावण १, बिहिबार
श्रमिकको न्यूनतम पारिश्रमिक रु. १९ हजार ५५० हुने
२०८२ श्रावण १, बिहिबार
प्रेमराजा महतको ‘अहिलेको तीजैमा’ सार्वजनिक, सुनिता दुलालको साथमा नयाँ तीज धमाका (भिडियो)
२०८२ श्रावण १, बिहिबार
अफगान शरणार्थीहरू पाकिस्तानमा गिरफ्तारीको डरले अस्पताल छाड्दै
२०८२ श्रावण १, बिहिबार