श्रावण १, २०८२ बिहिबार July 17, 2025

बडिगाडमा ‘डाइलाइसिस’ सेवा सञ्चालनको तयारी

बडिगाडले सबै वडामा स्वास्थ्यचौकी र सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरेर सामान्य रोगको उचार गर्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

गलकोट (बागलुङ),  १९ भदौ : बडिगाड गाउँपालिकाले मिर्गौलाको बिरामीका लागि डाइलाइसिस सेवा सुरु गर्ने भएको छ । यसका लागि बडिगाड –५ ग्वालीचौरमा रु १८ करोडका लागतमा १५ शय्याको अस्पताल भवन निर्माण भइसकेको छ ।

नवनिर्मित उक्त भवनबाट आगामी कात्तिकदेखि सेवा सञ्चालन गर्ने तयारीमा गाउँपालिका जुटेको जनाइएको छ । यसबाट विशेषगरी गलकोट र ढोरपाटन नगरपालिकासहित बडिगाड, तमानखोला र निसीखोला गाउँपालिकाका बिरामी लाभान्वित हुनेछन् ।

धवलागिरि अस्पतालमा मात्रै सो सुविधा रहेकामा बडिगाडमा पनि डाइलाइसिस  सेवा सञ्चलनसम्बन्धी  बडिगाड गाउँपालिका र सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरबीच सम्झौता भएको छ । केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठ र बडिगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारीबीच डाइलाइसिस सेवा दिने विषयमा सम्झौता भएको  बडिगाड गाउँपालिकाले जनाएको छ ।

सम्झौताअनुसार बडिगाड अस्पतालमा प्रत्योपण केन्द्रले चिकित्सक र स्वास्थ्यकर्मी परिचालन एवं अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीलाई तालिम प्रदान गर्ने जनाइएको छ । यसबाट बागलुङ पश्चिमका साथै गुल्मी, रुकुम र रोल्पाका जनताले सहज सेवा पाउने बडिगाड गाउँपालिका अध्यक्ष अधिकारीले बताउनुभयो ।  बडिगाडले सबै वडामा स्वास्थ्यचौकी र सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरेर सामान्य रोगको उचार गर्दै आएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला फुटबलर साम्बाले अष्ट्रेलियाको ए लिग खेल्ने
२०८२ श्रावण १, बिहिबार
साफ महिला यू-२० च्याम्पियनसिपमा श्रीलंकाविरुद्धको खेलमा नेपाल विजयी
२०८२ श्रावण १, बिहिबार
‘बेहडाबाबालाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न आवश्यक’
२०८२ श्रावण १, बिहिबार
उद्योग पूर्वाधार तयार नगरी औद्योगिकीकरण सम्भव छैन : मन्त्री भण्डारी
२०८२ श्रावण १, बिहिबार
श्रमिकको न्यूनतम पारिश्रमिक रु. १९ हजार ५५० हुने
२०८२ श्रावण १, बिहिबार
प्रेमराजा महतको ‘अहिलेको तीजैमा’ सार्वजनिक, सुनिता दुलालको साथमा नयाँ तीज धमाका (भिडियो)
२०८२ श्रावण १, बिहिबार
अफगान शरणार्थीहरू पाकिस्तानमा गिरफ्तारीको डरले अस्पताल छाड्दै
२०८२ श्रावण १, बिहिबार