असार २६, २०८२ बिहिबार July 10, 2025

केन्याको विद्यालयमा आगलागी हुँदा १७ बालबालिकाको मृत्यु

मध्यरातमा आगलागी हुँदा बालबालिकाहरू सुतिरहेको एक शयनगृहमा आगोले समाएको

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

नैरोबी । मध्य केन्याको एउटा विद्यालयको छात्रावासमा राति भएको आगलागीमा कम्तीमा १७ विद्यार्थीको मृत्यु भएको प्रहरीले शुक्रबार बताएको छ ।

प्रहरीका अनुसार न्येरी काउन्टीको हिलसाइड एन्डारासा एकेडेमीमा करिब मध्यरातमा आगलागी हुँदा बालबालिकाहरू सुतिरहेको एक शयनगृहमा आगोले समाएको थियो ।

“घटनामा १७ जनाको मृत्यु भयो र घाइते अन्यलाई अस्पताल पुर्‍याइएको छ”, राष्ट्रिय प्रहरीका प्रवक्ता रेसिला ओनयाङ्गोले भन्नुभयो । प्रहरीले पीडितहरूको उमेर खुलाएको छैन । उहाँका अनुसार घटनास्थलमा फेला परेका शव चिन्न नसकिने गरी जलेका छन् ।

धेरै जना घाइते भएको र तीमध्ये १६ जना गम्भीर रूपमा घाइते भएका छन् । उनीहरूलाई नजिकैको अस्पताल लगिएको छ । “घटनास्थल पूर्ण रूपमा प्रशोधन गरिएपछि थप शव फेला पर्ने सम्भावना छ”, उहाँले भन्नुभयो ।

आगो के कारणले लागेको हो भन्नेबारे थाहा नभएको तर अनुसन्धान सुरु गरिएको उहाँले जानकारी दिनुभयो । रासस/एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कक्षाकोठालाई वस्तुभाउबाट जोगाउन विद्यालयमा घेराबारा
२०८२ असार २६, बिहिबार
हिमताल विस्फोटबाटै रसुवामा बाढी
२०८२ असार २६, बिहिबार
रास्वपाद्वारा रुपन्देही-३ को उम्मेदवारका लागि आवेदन आह्वान
२०८२ असार २६, बिहिबार
टी–२० विश्वकप एसिया छनोट प्रतियोगितामा नेपाल समूह बी मा
२०८२ असार २६, बिहिबार
अनुशासनहीन कार्यकर्तामाथि काँग्रेसको डण्डा, पूर्वमन्त्रीदेखि जिल्ला सभापतिसम्म निष्कासित
२०८२ असार २६, बिहिबार
त्रिविको वार्षिक साधारणसभा : ६३औँ ग्रेस लिष्ट पारित
२०८२ असार २६, बिहिबार
दक्षिण कोरियाका पूर्वराष्ट्रपति यून सुक–योलविरुद्ध पक्राउ पुर्जी जारी
२०८२ असार २६, बिहिबार