असार २६, २०८२ बिहिबार July 10, 2025

नेवा: सांस्कृतिक ज्ञानकोश सार्वजनिक

पाँच विधाका ती पुस्तकहरू नेपाल भाषा एकेडेमी र काठमाडौँ महानगरपालिकाद्वारा संयुक्त रूपमा प्रकाशन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । पाँच खण्डमा विभक्त नेवा: सांस्कृतिक ज्ञानकोश आज यहाँ सार्वजनिक गरिएको छ । पाँच विधाका ती पुस्तकहरू नेपाल भाषा एकेडेमी र काठमाडौँ महानगरपालिकाद्वारा संयुक्त रूपमा प्रकाशन गरिएका हुन् ।

नेवा: पहिचान खण्डको संयोजकमा शाक्य सुरेन तथा डा पुष्पराज राजकर्णिकार, भाषा, लिपि र साहित्य खण्डको संयोजकमा प्रा प्रेमशान्ति तुलाधर तथा सह प्रा मदनसेन बज्राचार्य, संस्कृति र सम्पदा खण्डको संयोजकमा प्रा डा चुन्दा बज्राचार्य, शिल्प, प्रविधि र ज्ञान खण्डको संयोजकमा विश्व शाक्य र गीत, बाजा र नाच खण्डको संयोजकमा गणेश राम लाछि तथा त्रिरत्न मानन्धर हुनुहुन्छ । ज्ञानकोशको परिकल्पनाकार तथा प्रमुख संयोजक मल्लके सुन्दर हुनुहुन्छ ।

नेवा: जीवन पद्धति, ज्ञान, जीवन दर्शन, संस्कृति तथा सम्पदाबारेका जानकारीलाई यथासमयमै सङ्ग्रह तथा अभिलेखीकरण गर्ने यस परियोजनाका लागि नेपाल भाषा एकेडेमीले काठमाडौँ महानगरपालिकासँग सहकार्य गरेको थियो ।

कुल प्रस्तावित बजेट रु एक करोड १४ लाख ५९ हजार छ सय २० मध्ये एकेडेमीले १५ प्रतिशत बेहोरेको हो । ज्ञानकोशको प्रकाशनले छरिएर रहेका अमूल्य ज्ञान, नासिँदै गएका सम्पदा तथा परम्पराबारेको यथार्थ विवरण व्यवस्थित रूपमा सङ्ग्रह भई चीरकालसम्मका लागि जगेर्ना हुने र ती ज्ञान भावी पुस्तालाई हस्तान्तरण गर्नसमेत सघाउ पुग्ने अपेक्षा गरिएको छ ।

कवि दुर्गालाल श्रेष्ठ, बौद्ध विद्वान यज्ञमान बज्राचार्य, साहित्यकार सुवर्णकेशरी चित्रकार, नाट्य गुरु श्रीगोपाल प्रजापति र प्राज्ञ कालु कुम्हालेले पुस्तकलाई एकसाथ सार्वजनिक गर्नुभएको हो ।

त्यस अवसरमा काठमाडौँ महानगर उपप्रमुख सुनिता डङ्गोलले नेवा: सांस्कृतिक ज्ञानकोशबारेको जानकारी गैरनेपाल भाषीहरूलाई पनि दिन जरुरी रहेकाले यसको अनुवाद कार्यमा महानगरपालिकाले सहयोग गर्ने विश्वास दिलाउनुभयो ।

ज्ञानकोशका परिकल्पनाकार मल्ल के सुन्दरले पाश्चात्य प्रभाव हाबी हुँदै गइरहेको समयमा नेवा: समुदायको गौरवपूर्ण परम्परा, संस्कृति, सम्पदा र जीवन पद्धतिलाई लिपिबद्ध गर्नुपर्ने आवश्यकतालाई महसुस गरेर ज्ञानकोश प्रकाशन गर्ने परियोजना अघि बढाइएको जानकारी दिनुभयो । उहाँकाअनुसार यो परियोजना साढे दुई वर्षको अवधिमा सम्पन्न गरिएको हो ।

एकेडेमीका तर्फबाट काठमाडौँ महानगरका तत्कालीन प्रमुख विद्यासुन्दर शाक्यलाई परियोजना अघि बढाउन पु¥याउनुभएको योगदानको कदरस्वरूप ज्ञानकोशको एक/एक प्रति प्रदान गरिएको थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दक्षिण कोरियाका पूर्वराष्ट्रपति यून सुक–योलविरुद्ध पक्राउ पुर्जी जारी
२०८२ असार २६, बिहिबार
१० इजरायली बन्धक रिहा गर्न हमास सहमत
२०८२ असार २६, बिहिबार
सूर्यविनायक नगर अस्पताल ५० शय्यामा विस्तार, ट्रमा सेन्टरका रुपमा विस्तार गर्ने योजना
२०८२ असार २६, बिहिबार
खानीखोला हाइड्रोपावरको हकप्रद सुरक्षित गर्ने आज मात्रै
२०८२ असार २६, बिहिबार
माओवादीको पदाधिकारी बैठक पेरिसडाँडामा बस्दै
२०८२ असार २६, बिहिबार
निफ्राको ‘हरित ऊर्जा ऋणपत्र’ आजदेखि कारोबारमा
२०८२ असार २६, बिहिबार
पूर्वमन्त्री कुमार खड्काकांग्रेसको साधारण सदस्यबाटै निष्कासित
२०८२ असार २६, बिहिबार