असार २६, २०८२ बिहिबार July 10, 2025

सम्पूर्ण किताब नारायणगढको दसैँ तिहार पुस्तक मेला सुरु

गरिब तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामाग्री उपलब्ध गराउने लक्ष्य

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

नारायणगढ, भदौ २३ गते । चितवन र वरपरका क्षेत्रमा पठन संस्कृति अभियान चलाइरहेका सम्पूर्ण किताब नारायणगढले दसैँ तिहार पुस्तक मेला सुरु गरेको छ । सातौँ वार्षिक उत्सव समारोहमा आयोजित कार्यक्रमकाबिच कविवर गोविन्दराज विनोदीले पुस्तक मेलाको उद्घाटन गर्नुभएको हो ।

मेलामा स्वदेश तथा विदेशी लेखकका कृतिहरू प्रदर्शनीमा राखिएको छ । सम्पूर्णका सञ्चालक लेखराम सापकोटाले पठन संस्कृति अभियानमा सहयोग पुर्‍याउने उद्देश्यले पुस्तक मेला आयोजना गरिएको बताउनुभयो ।

मेलाका अवसरमा पुस्तक खरिद गर्ने ग्राहकलाई विशेष छुटको व्यवस्था पनि गरिएको छ । यस्तै, वार्षिक उत्सवकै अवसर पारेर नारायणगढ जेसिस र एक्सपोर्ट एजुकेसन सेन्टरलाई पनि सम्पूर्णले सम्मान गरेको छ । हरेक वर्षझैँ यो वर्ष पनि सम्पूर्ण किताबले गरिब तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामाग्री उपलब्ध गराएको छ ।

कविलास माध्यमिक विद्यालयमा कक्षा सातमा अध्ययनरत सीमा गुरुङलाई शैक्षिक सामग्री उपलब्ध गराइएको छ । वसन्त पराजुली 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दक्षिण कोरियाका पूर्वराष्ट्रपति यून सुक–योलविरुद्ध पक्राउ पुर्जी जारी
२०८२ असार २६, बिहिबार
१० इजरायली बन्धक रिहा गर्न हमास सहमत
२०८२ असार २६, बिहिबार
सूर्यविनायक नगर अस्पताल ५० शय्यामा विस्तार, ट्रमा सेन्टरका रुपमा विस्तार गर्ने योजना
२०८२ असार २६, बिहिबार
खानीखोला हाइड्रोपावरको हकप्रद सुरक्षित गर्ने आज मात्रै
२०८२ असार २६, बिहिबार
माओवादीको पदाधिकारी बैठक पेरिसडाँडामा बस्दै
२०८२ असार २६, बिहिबार
निफ्राको ‘हरित ऊर्जा ऋणपत्र’ आजदेखि कारोबारमा
२०८२ असार २६, बिहिबार
पूर्वमन्त्री कुमार खड्काकांग्रेसको साधारण सदस्यबाटै निष्कासित
२०८२ असार २६, बिहिबार