श्रावण १, २०८२ बिहिबार July 17, 2025

निर्माणाधीन आधारभूत अस्पतालको भवन अलपत्र

थपिएको म्याद सकियो, निर्माण सकिएन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
तनहुँ । जिल्लाको देवघाट गाउँपालिकामा निर्माणाधीन आधारभूत अस्पतालको भवन अलपत्र बनेको छ । पछिल्लो पटक थप गरिएको समयावधि सकिँदा समेत कामले गति नलिएपछि भवन अलपत्र बनेको हो ।
देवघाट–५ मा विसं २०७७ मङ्सिर १५ गते शिलान्यास गरिएको उक्त अस्पताल बनाउन तोकिएको सम्झौता अवधि विसं २०८० असार मसान्तमा सकिएको थियो ।
सो अवधिसम्ममा पिल्लर उठाउने बाहेक अन्य काम नभएपछि गत असार मसान्तसम्मका लागि म्याद थप गरिएको गाउँपालिकाका इञ्जिनियर तीर्थ ढुङ्गानाले जानकारी दिनुभयो । “एक वर्षका लागि थपिएको म्याद सकिएपनि अस्पताल निर्माणमा प्रगति भएको छैन । अस्पतालको पिल्लर उठाएर पहिलो ढलान मात्र गरिएको छ भने अन्य कुनै पनि काम भएको छैन”, उहाँले भन्नुभयो ।
देवघाट गाउँपालिकाले पटकपटक ताकेता गरेपछि गत माघ अन्तिम साता ढलान गरिएको थियो । ढलान पछि पुनः निर्माणकर्मीहरु फर्केर नआएको इञ्जिनियर ढुङ्गानाले बताउनुभयो । अहिलेका प्रधानमन्त्री केपी शर्मा ओली विसं २०७७ मा प्रधानमन्त्री हुँदा उहाँ नेतृत्वको सरकारले देशभरका सबै स्थानीय तहमा कम्तीमा पाँच शय्याको अस्पताल बनाउने नीति ल्याएकामा देवघाटमा १० शय्याको अस्पताल बनाउने निर्णय भएको थियो ।
अस्पताल निर्माण गर्न आवश्यक पर्ने जग्गा देवघाट–५ को कार्यालय र देवघाट स्वास्थ्य चौकीलाई अन्यत्र स्थानान्तरण गरेर सो ठाउँमा अस्पतालको शिलान्यास गरिएको थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला फुटबलर साम्बाले अष्ट्रेलियाको ए लिग खेल्ने
२०८२ श्रावण १, बिहिबार
साफ महिला यू-२० च्याम्पियनसिपमा श्रीलंकाविरुद्धको खेलमा नेपाल विजयी
२०८२ श्रावण १, बिहिबार
‘बेहडाबाबालाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न आवश्यक’
२०८२ श्रावण १, बिहिबार
उद्योग पूर्वाधार तयार नगरी औद्योगिकीकरण सम्भव छैन : मन्त्री भण्डारी
२०८२ श्रावण १, बिहिबार
श्रमिकको न्यूनतम पारिश्रमिक रु. १९ हजार ५५० हुने
२०८२ श्रावण १, बिहिबार
प्रेमराजा महतको ‘अहिलेको तीजैमा’ सार्वजनिक, सुनिता दुलालको साथमा नयाँ तीज धमाका (भिडियो)
२०८२ श्रावण १, बिहिबार
अफगान शरणार्थीहरू पाकिस्तानमा गिरफ्तारीको डरले अस्पताल छाड्दै
२०८२ श्रावण १, बिहिबार