कार्तिक २९, २०८३ आइतबार November 15, 2026

बाँकेका धार्मिक पर्यटकीयस्थल पूर्वाधारविहीन

धार्मिक पर्यटकीयस्थलसम्म सहज रुपमा पुग्न सक्ने सडक, खानेपानी र बिजुली बत्ती लगायतका पूर्वाधार विकासमा ध्यान पुगेको छैन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ
राँझा (बाँके), २४ भदौ : बाँकेको ग्रामीण क्षेत्रमा रहेका धार्मिक पर्यटकीयस्थल पूर्वाधारविहीन छन् । ती स्थलहरुमा सडक, विद्युत् र खानेपानीको व्यवस्था हुन सकेको छैन ।
बाँकेका ग्रामीण क्षेत्रमा रहेका सन्तानेश्वर, बावा बर्फानी, भुवर भवानी लगायतका पर्यटकीय क्षेत्रमा दैनिक सर्वसाधारणको भीड लाग्ने गरेको छ । नेपालगञ्जको बागेश्वरी मन्दिरमा प्रत्येक सोमबार हुने महाआरतीमा पनि भीड लाग्ने गर्छ ।
नरैनापुर गाउँपालिकास्थित चुरे पहाडमा रहेको सन्तानेश्वर मन्दिर पुग्ने धार्मिक पर्यटकको सङ्ख्या बढ्दै गए पनि मन्दिर क्षेत्र पुग्ने सडक, भक्तजन बस्ने विश्रामस्थल, खानेपानी र विजुलीबत्ती नहुँदा कष्ट व्यहोर्नुपरेको मन्दिरका मुख्य पुजारी गुरु योगानन्द गिरीले जानकारी दिनुभयो ।
“यहाँसम्म आउने बाटो राम्रो छैन, पानी पर्दा भक्तजनलाई ओत लाग्ने आश्रयस्थल छैन”, मुख्य पुजारी गुरु योगानन्द गिरीले भन्नुभयो, “गर्मीको समयमा लामो पैदलयात्रा गरेर आएका भक्तजनलाई खानेपानीको व्यवस्था गर्न सकिएको छैन ।”
नेपालगञ्जदेखि करिब ३० किलोमिटर टाढा पर्ने सन्तानेश्वर मन्दिर पुग्न करिब छ किलोमिटर जङ्गलको कच्ची बाटोमा मोटरसाइकल यात्रा र त्यसपछि करिब दुई किलोमिटर पैदलयात्रा गरी उकालो पहाड चढ्नुपर्छ । सन्तानेश्वर मन्दिर र राप्तीसोनारीमा रहेको बाबा बर्फानी मन्दिर पछिल्लो पटक धार्मिक पर्यटकको रोजाइमा परे पनि त्यहाँ पुग्ने सडकको अवस्था दयनीय रहेको पर्यटन प्रवर्द्धन मञ्च बाँकेका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले बताउनुभयो ।
“बाँकेमा पर्यटनको प्रचुर सम्भावना छ तर यसमा लगानी गरेर संरक्षण र सम्वर्द्धन गर्ने काम गर्न सकिएको छैन”, श्रेष्ठले भन्नुभयो, “धार्मिक पर्यटकीयस्थलसम्म सहज रुपमा पुग्न सक्ने सडक, खानेपानी र बिजुली बत्ती लगायतका पूर्वाधार विकासमा ध्यान पुगेको छैन ।”
जिल्लामा रहेका ऐतिहासिक मन्दिर तथा पर्यटकीयस्थललाई समेटेर पर्यटन मार्गको अवधारणा अगाडि बढाइए पनि बजेट अभावमा योजना कार्यान्वयन हुन नसकेको मदन भण्डारी धार्मिक पर्यटन मार्ग संरक्षण तथा प्रवर्द्धन समितिका अध्यक्ष कृष्ण भुसालले बताउनुभयो ।
उहाँका अनुसार, बाँकेको ग्रामीण क्षेत्रमा रहेका ऐतिहासिक मन्दिर तथा धार्मिक क्षेत्रलाई नेपालगञ्जको बागेश्वरी मन्दिरसम्म जोड्दै बैजनाथको गाभरमा रहेको पारिजात बगानसम्म पु¥याउने गरी पर्यटन मार्गको कल्पना गरिएको छ ।
यो धार्मिक पर्यटन मार्गमा बाँके राप्तीसोनारी गाउँपालिका–१ स्थित शिवमन्दिर, वडा नं. ३ बैजापुरस्थित भुवरभवानी मन्दिर वडा नं.४ स्थित वर्फानी बाबा, वडा नं. ७ फत्तेपुरस्थित पोखरामाता मन्दिर, नरैनापुरको सन्तानेश्वर महादेव मन्दिर हुँदै नेपालगञ्जको बागेश्वरी मन्दिरलाई राखिएको छ ।
कोहलपुरको कालिका मन्दिर, रामजानकी मन्दिर हुँदै बैजनाथ गाउँपालिकामा रहेको मानसरोवर प्रतीकस्थलमा पु-याउने र अन्तिममा गाभरक्षेत्रमा रहेको पारिजात बगानमा पु-याउने गरी मार्ग तय गरिएको अध्यक्ष भुसालले बताउनुभयो ।
“जिल्लामा रहेका कतिपय ऐतिहासिक मठमन्दिरको प्रचार प्रसार र संरक्षण नहुँदा जीर्ण भएका छन् भने जिल्लामै रहेका त्यस्ता धार्मिक पर्यटकीयस्थलका बारेमा जिल्लावासीलाई जानकारी नभएको अवस्था छ”, अध्यक्ष भुसालले भन्नुभयो, “धार्मिक पर्यटकीय क्षेत्रको प्रचार गर्ने जिल्लावासीलाई घुमाउने र संरक्षण संरक्षण गर्न समिति प्रयासरत छ ।”
धार्मिक पर्यटन मार्गले सहरका आन्तरिक धार्मिक पर्यटकलाई गाउँगाउँसम्म पुग्ने र समाज बुझ्ने अवसर प्रदान गर्ने गाभर भ्याली सामुदायिक होमस्टेका अध्यक्ष कृष्ण चौधरीले बताउनुभयो । उहाँले गाभरमा रहेको पारिजात बगानलाई मार्गमा समेटिएकाले यसले समग्र गाभर क्षेत्रकै पर्यटन प्रवर्द्धनमा सघाउ पुग्ने अपेक्षा गर्नुभयो ।
बाँके क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य सूर्य ढकालले जिल्लामा रहेका ऐतिहासिक मठ मन्दिर तथा धार्मिकस्थलको प्रवर्द्धन र संरक्षण गर्ने गरी काम गर्न चालु आथिक वर्षमा रु एक करोड बजेट विनियोजन भएको बताउनुभयो ।
उक्त वजेट बाँकेको ग्रामीण क्षेत्रमा रहेका ऐतिहासिक मन्दिर तथा धार्मिक क्षेत्रलाई नेपालगञ्जको बागेश्वरी मन्दिरसम्म जोड्दै बैजनाथको गाभरमा रहेको पारिजात बगानसम्म पु-याउने गरी पर्यटन मार्ग निर्माणमा कार्यान्वयन गरिने उहाँको भनाइ छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बहराइनमा इरानको ड्रोन आक्रमण, अमेरिकी सैन्य अखडानजिक विस्फोट र साइरन
२०८३ कार्तिक २९, आइतबार
इरानविरुद्ध एकजुट हुन नेतान्याहुको प्रस्ताव
२०८३ कार्तिक २९, आइतबार
सबै नागरिकले सुरक्षित महसुस गर्ने राज्य निर्माण गर्नु आजको आवश्यकता : सभामुख अर्याल
२०८३ कार्तिक २९, आइतबार
क्यान्सर अस्पतालको स्तरोन्नतिमा चिनियाँ सहयोग आवश्यक: राष्ट्रियसभा अध्यक्ष दाहाल
२०८३ कार्तिक २९, आइतबार
खुलामञ्चको क्षति सुधार्दै कांग्रेस, दुबो रोपेर संरक्षणको जिम्मेवारी लिने प्रतिबद्धता
२०८३ कार्तिक २९, आइतबार
एनपीएल : कर्णाली याक्सद्वारा चितवन राइनोजलाई १५४ रनको लक्ष्य
२०८३ कार्तिक २९, आइतबार
जलवायु प्रतिबद्धता कार्यान्वयनमा लैजान राष्ट्रसंघको जोड
२०८३ कार्तिक २९, आइतबार