काठमाडौं, २४ भदौं । तत्कालिन कृषि ज्ञान केन्द्र, डडेल्धुराका सव–इन्जिनियर पदमा कार्यरत लाल बहादुर बि.कको शैक्षिक योग्यताको प्रमाण पत्र नक्कली रहेको पाइए पछि उनी विरुद्ध मुद्दा दायर गरिएको छ । अख्तियार अनुसन्धान आयोगले बि.क विरुद्ध मुद्दा दायर गरेको हो ।
सव–इन्जिनियर पदमा कार्यरत बि.क.ले झुट्टा तथा नक्कली शैक्षिक प्रमाण–पत्र पेश गरी नियुक्ति लिएको भन्ने उजुरीका आधारमा अनुसन्धान हुँदा शैक्षिक योग्यताको प्रमाण पत्र नक्कली रहेको आयोगले जनाएको छ ।
कृषि ज्ञान केन्द्र डडेल्धुराका तत्कालीन सव–इन्जिनियर (सहायकस्तर पाँचौ) पदमा कार्यरत लाल बहादुर बि.क.ले सव–इन्जिनियर (करार) पदमा नियुक्ति प्रयोजनार्थ डिप्लोमा इन सिभिल इन्जिनियरिङ तहको झुट्टा तथा नक्कली शैक्षिक प्रमाण–पत्र पेस गरी सव–इन्जिनियर पदमा नियुक्ति लिई ओहोदा, लाभ र सुविधा प्राप्त गरेको उनलाई आरोप छ ।
साथै निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर भएको हुँदा निजलाई सोही ऐनको दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवाना हुन मागदाबी लिई विशेष अदालत, काठमाडौंमा आरोप–पत्र दायर गरिएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया