असार २३, २०८२ सोमबार July 7, 2025

उपत्यकामा मंगलबार थप २८ जनामा कोरोना संक्रमण पुष्टी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः पछिल्लो समय विश्व महामारी कोरोना संक्रमितको संख्या काठमाडौं उपत्यकामा दैनिक रुपमा बढ्न थालेको छ । बितेका २४ घन्टामा देशभर २ सय ४ जनामा कोरोना संक्रमण देखिएकोमा २८ जना काठमाडौं उपत्यकाका रहेका छन् ।

मंगलबार आज काठमाडौंमा १४ जना, ललितपुरका १० जना र भक्तपुरका ४ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले जानकारी दिए ।

मन्त्रालयका अनुसार टेकुमा गरिएको परीक्षणमा काठमाडौंका १ जना, धुलिखेलमा गरिएको परीक्षणमा भक्तपुरका ४ जना, काठमाडौंका १२ जना, ललितपुरमा १० जना र शिक्षण अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका १ जनामा कोरोना देखिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया