असार २३, २०८२ सोमबार July 7, 2025

विरामीमा कोरोना संक्रमण पुष्टी भएपछि गंगालाल अस्पतालको ओपिडी सेवा बन्द (सूचना) सहित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सात जना विरामीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि शहीद गंगालाल हृदय केन्द्र बाँसबारी अस्पतालको ओपिडी सेवा बन्द गरिएको छ ।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड-१९ परीक्षण ल्यावमा पीसीआर परीक्षणका लागि पठाइएका ७ जनाको रिपोर्ट पोजेटिभ आएपछि अस्पतालले सोमबार सूचना जारी गर्दै अर्को सूचना नभएसम्मका लागि ओपिडी सेवा स्थगित गरिएको जानकारी दिएको छ ।

अस्पताल प्रशासनका अनुसार ओपडी सेवा बन्द गरिए पनि आकस्मिक सेवा भने जारी राखिने छ । कोरोना संक्रमण देखिएका सबै बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल पठाइएको अस्पताल प्रशासनले जनाएको छ ।

यस्तो छ गंगालाल अस्पतालको सूचनाः

 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया