श्रावण ३, २०८२ शनिबार July 19, 2025

तनहुँमा तीन सय २६ जना क्षयरोगीका बिरामी

क्षयरोगका बिरामीका लागि जिल्लाका सबै स्वास्थ्य संस्थाबाट निःशुल्क रुपमा औषधि वितरण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः तनहुँ जिल्लाका क्षयरोगका बिरामीलाई चिकित्सकको निगरानी (डट्स विधि) द्वारा औषधि सेवन गराइएको छ ।

दमौली अस्पतालका सिनियर अहेब अधिकृत दिनेश पण्डितका अनुसार एक सय २८ डट्स सेन्टरबाट क्षयरोगका बिरामीलाई निःशुल्क रुपमा उपलब्ध गराइएको छ । हाल जिल्लामा जिल्लामा तीन सय २६ जना क्षयरोगी छन् । उहाँले भन्नुभयो “डट्स विधि प्रभावकारी रहेकालाई यसलाई निरन्तरता दिँदै आइएको छ । जिल्लाका दशवटै पालिकामा क्षयरोगका बिरामी भेटिएका छन् । बिरामीले आफूलाई पायक पर्ने नजिकैको स्वास्थ्य संस्थामा गएर स्वास्थ्यकर्मीको निगरानीमा औषधि सेवन गर्ने छन् ।”

स्वास्थ्य कार्यालयले दिएको जानकारी अनुसार व्यासमा ९६, भानुमा ४२, म्याग्देमा १६, शुक्लागण्डकीमा २६, भिमादमा २६, घिरिङमा १६, ऋषिङमा ११ जना क्षयरोगी रहेका छन् । त्यस्तै देवघाटमा ३१, बन्दीपुरमा २६ र आँबुखैरेनी गाउँपालिकामा २२ जना क्षयरोगी रहेका छन् । उहाँका अनुसार गत वर्ष क्षयरोगबाट १४ जनाको मृत्यु भएको छ । ती मध्ये ६ महिला र आठ पुरुष रहेका छन् ।

क्षयरोगका बिरामीका लागि जिल्लाका सबै स्वास्थ्य संस्थाबाट निःशुल्क रुपमा औषधि वितरण भइरहेको छ । निरन्तर रुपमा खोकी लाग्ने, ज्वरो आउने, टाउको दुख्ने, वाकवाक लाग्नेलगायतका लक्षण देखिए क्षयरोग लागेको हुनसक्ने चिकित्सकहरू बताउँछन् । नियमित औषधि सेवन गरे क्षयरोगबाट बच्न सकिनेछ । सिनियर अहेब पण्डितले भन्नुभयो “उक्त लक्षण देखिएमा तुरुन्त स्वास्थ्य संस्थामा गएर स्वास्थ्य परीक्षण गराउनुपर्छ ।”

त्यसैगरी जिल्लामा दुईजना कुष्ठरोगका बिरामी छन् । तनहुँ जिल्ला कुष्ठरोग नियन्त्रणतर्फ उन्मुख रहेको सिनियर अहेब अधिकृत पण्डितले बताउनुभयो । दुई जनामा नयाँ कुष्ठरोगी देखापरे पनि पुराना कुष्ठरोगी नरहेको अस्पतालको तथ्याङ्कले देखाएको छ । कुष्ठ रोगी समाजमा खुल्न नचाहने भएकोले उपचारमा समस्या हुने गरेको दमौली अस्पतालले जनाएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मधेस प्रदेशको चार सय ४२ हेक्टर वन अतिक्रमण मुक्त
२०८२ श्रावण ३, शनिबार
नेसपा (नयाँ शक्ति)ले पाँच महिने प्रशंसा अभियान चलाउने
२०८२ श्रावण ३, शनिबार
अमेरिकाद्वारा डब्लुएचओको नयाँ ‘महामारी नियम’ अस्वीकार
२०८२ श्रावण ३, शनिबार
बजेट निर्माणमा जनसङ्ख्या र भूगोलको सन्तुलन मिलाइएको छः उपप्रधानमन्त्री प्रकाशमान सिंह (अन्तवार्ता)
२०८२ श्रावण ३, शनिबार
चालु आवमा दैनिक २.५५ किलोमिटर सडक निर्माण : प्रधानमन्त्री
२०८२ श्रावण ३, शनिबार
काभ्रेपलाञ्चोकमा बस दुर्घटना, २३ यात्रु घाइते (सूचीसहित)
२०८२ श्रावण ३, शनिबार
एमाले पोलिटब्युरो बैठक ललितपुरमा सुरु
२०८२ श्रावण ३, शनिबार