कार्तिक २९, २०८३ आइतबार November 15, 2026

प्रचार-प्रसार नहुँदा सिद्धकाली मन्दिर ओझेलमा

सिद्धकाली मन्दिरको दर्शन गरे मनले सोचेका इच्छा–आकाङ्क्षा पूरा हुने विश्वास

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

किमाथाङ्का (सङ्खुवासभा), ३० भदौ : चैनपुर नगरपालिका–३ स्थित सिद्धकाली मन्दिर प्रचार–प्रसार नहुँदा ओझेलमा परेको छ । त्यहाँ पूजाअर्चना गर्नाले आफूले चाहेको पूरा हुने विश्वासका साथ भक्तजन त्यहाँ पुग्ने गरेका छन् ।

धार्मिक र पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण हुँदाहुँदै पनि उचित व्यवस्थापन र प्रचारप्रसार अभावमा यो मन्दिर अहिले ओझेलमा छ । चिताएको मनोकामना पूरा हुने विश्वासका साथ जिल्ला तथा जिल्ला बाहिरका विभिन्न स्थानबाट यो मन्दिरको दर्शन गर्न भक्तजन आउने गरेका छन् । यसको व्यापक रूपमा प्रचारप्रसार गर्न सकेको खण्डमा धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने पुजारी ओमबहादुर पुरीले बताउनुभयो ।

चैनपुर बजार नजिकै रहेको ऐतिहासिक तथा धार्मिक महत्त्वपूर्ण सिद्धकाली मन्दिर चर्चित र पवित्र स्थान हो । यस मन्दिरले धार्मिक, ऐतिहासिक, प्रसिद्ध तथा सांस्कृतिक महत्व बोकेको छ । बालाचतुर्दशी र रामनवमीमा गरी वर्षमा दुईपटक ठूलो मेला लाग्ने गरेको छ । भक्तजन आफ्ना कूलपितृको सम्झनामा सतबिज छर्नका लागि समेत यहाँ पुग्ने गरेका छन् । मन्दिरको नजिकै परेवा उडाउने तथा बलि पूजा गर्ने ठाउँ छ । सिद्धकाली मन्दिरको दर्शन गरे मनले सोचेका इच्छा–आकाङ्क्षा पूरा हुने विश्वास रहेको पुजारी पुरीले बताउनुभयो ।

सतिदेवीको दाहिने आँखा पतन भएको सिद्धकाली मन्दिर दर्शन गर्न नेपालका विभिन्न स्थान र भारतबाट पनि दर्शनार्थी आउने गरेका छन् । नेपालकै चर्चित प्रसिद्ध धार्मिक क्षेत्र भए पनि यहाँको महत्वलाई बुझाउन नसक्दा ओझेलमा परेको पुजारी बताउँछन् । यो स्थानलाई धार्मिक पर्यटनका रूपमा विकास गर्न सरकारले भूमिका खेल्नुपर्ने स्थानीयको भनाइ छ ।

चैनपुरमा व्यापारको सम्भावना देखेर काठमाडौँ, भक्तपुर, ललितपुर, धुलिखेल, बनेपा, साँगा, नाला आदि स्थानबाट समेत व्यापार–व्यवसायका सिलसिलामा नेवार समुदाय यहाँ चैनपुर बसोबास गरेको थियो । चैनपुर नगरपालिका ‘चन्द्रपुर’ भन्ने धार्मिक ऐतिहासिक नामबाट अपभ्रंश हुँदै चैनपुर रहन गएको पुजारी रत्ननाथ महन्तले बताउनुभयो । चैनपुरका शिल्पकारले बनाएका धातुको करुवा चैनपुरको अर्को महत्त्वपूर्ण पहिचान हो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इरानविरुद्ध एकजुट हुन नेतान्याहुको प्रस्ताव
२०८३ कार्तिक २९, आइतबार
सबै नागरिकले सुरक्षित महसुस गर्ने राज्य निर्माण गर्नु आजको आवश्यकता : सभामुख अर्याल
२०८३ कार्तिक २९, आइतबार
क्यान्सर अस्पतालको स्तरोन्नतिमा चिनियाँ सहयोग आवश्यक: राष्ट्रियसभा अध्यक्ष दाहाल
२०८३ कार्तिक २९, आइतबार
खुलामञ्चको क्षति सुधार्दै कांग्रेस, दुबो रोपेर संरक्षणको जिम्मेवारी लिने प्रतिबद्धता
२०८३ कार्तिक २९, आइतबार
एनपीएल : कर्णाली याक्सद्वारा चितवन राइनोजलाई १५४ रनको लक्ष्य
२०८३ कार्तिक २९, आइतबार
जलवायु प्रतिबद्धता कार्यान्वयनमा लैजान राष्ट्रसंघको जोड
२०८३ कार्तिक २९, आइतबार
अक्टोबर ७ आक्रमणका योजनाकार हमास कमान्डर गाजामा मारिए
२०८३ कार्तिक २९, आइतबार