श्रावण १, २०८२ बिहिबार July 17, 2025

कोभिड ९ विरुद्धको फाइजर बाइभ्यालेन्ट खोप अभियान शुरु

१२ वर्ष माथिका नागरिकहरूलाई बुस्टर डोजको रुपमा यो खोप लगाउन सकिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं । बाँके जिल्लामा कोभिड ९ विरुद्धको फाइजर बाइभ्यालेन्ट खोप लगाउन आजदेखि औपचारिक रुपमा सुरु गरिएको छ। स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगदबहादुर शाहीका अनुसार भेरी अस्पताल, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्ज र कोहलपुर नगर अस्पतालमा खोप उपलब्ध गराइने छ। यस खोप अभियानले कोभिड९१९ को रोकथाममा ठुलो योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

कोहलपुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अनिल सेन ठकुरीले नगरभित्रका पन्ध्र वडामा खोप कार्यक्रम राखिएको जानकारी दिनुभएको छ। अन्य पालिकाहरूमा पनि खोप अभियान सञ्चालन गरिनेछ। असोज ४ गतेसम्म खोप कार्यक्रम जारी रहने छ। १२ वर्ष माथिका नागरिकहरूलाई बुस्टर डोजको रुपमा यो खोप लगाउन सकिने स्वास्थ्य कार्यालय बाँकेले जानकारी दिएको छ।

बाँके जिल्लामा फाइजर बाइभ्यालेन्ट खोपको ३० हजार डोज प्राप्त भएको स्वास्थ्य कार्यालय बाँकेका सूचना अधिकारी नरेश श्रेष्ठले जानकारी दिनुभयो। यद्यपि, लक्षित समूहको तुलनामा खोपको मात्रा कम भए पनि यसलाई प्रभावकारी ढंगले व्यवस्थापन गरेर नागरिकहरूलाई लगाइने योजना रहेको छ।

स्वास्थ्यकर्मीहरूका अनुसार यो खोप कोरोना भाइरसको नयाँ भेरियन्टहरुसँग लड्न प्रभावकारी रहेको छ। बाँकेमा गत वर्ष १९ जनामा कोभिड संक्रमण देखिएको थियो भने भेरी अस्पतालमा अहिले पनि कोभिडका बिरामी देखापर्ने गरेका छन्।

बाँके । बाँके जिल्लामा कोभिड(१९ विरुद्धको फाइजर बाइभ्यालेन्ट खोप लगाउन आजदेखि औपचारिक रुपमा सुरु गरिएको छ। स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगदबहादुर शाहीका अनुसार भेरी अस्पताल, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्ज र कोहलपुर नगर अस्पतालमा खोप उपलब्ध गराइने छ। यस खोप अभियानले कोभिड(१९ को रोकथाममा ठुलो योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

कोहलपुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अनिल सेन ठकुरीले नगरभित्रका पन्ध्र वडामा खोप कार्यक्रम राखिएको जानकारी दिनुभएको छ। अन्य पालिकाहरूमा पनि खोप अभियान सञ्चालन गरिनेछ। असोज ४ गतेसम्म खोप कार्यक्रम जारी रहने छ। १२ वर्ष माथिका नागरिकहरूलाई बुस्टर डोजको रुपमा यो खोप लगाउन सकिने स्वास्थ्य कार्यालय बाँकेले जानकारी दिएको छ।

बाँके जिल्लामा फाइजर बाइभ्यालेन्ट खोपको ३० हजार डोज प्राप्त भएको स्वास्थ्य कार्यालय बाँकेका सूचना अधिकारी नरेश श्रेष्ठले जानकारी दिनुभयो। यद्यपि, लक्षित समूहको तुलनामा खोपको मात्रा कम भए पनि यसलाई प्रभावकारी ढंगले व्यवस्थापन गरेर नागरिकहरूलाई लगाइने योजना रहेको छ।

स्वास्थ्यकर्मीहरूका अनुसार यो खोप कोरोना भाइरसको नयाँ भेरियन्टहरुसँग लड्न प्रभावकारी रहेको छ। बाँकेमा गत वर्ष १९ जनामा कोभिड संक्रमण देखिएको थियो भने भेरी अस्पतालमा अहिले पनि कोभिडका बिरामी देखापर्ने गरेका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेप्से परिसूचक ७५ अङ्कले बढ्दा, १६ अर्बभन्दा बढीको कारोबार
२०८२ श्रावण १, बिहिबार
आइएमई खल्ती लिमिटेडले सुरु गर्‍यो एकीकृत सेवा, डिजिटल पहुँच र समावेशीकरणमा जोड
२०८२ श्रावण १, बिहिबार
आव २०८०/८१ को भन्दा गत आवमा चार अर्ब बढी राजस्व सङ्कलन
२०८२ श्रावण १, बिहिबार
पश्चिम नवलपरासीमा लम्पीस्किन सङ्क्रमण फैलिँदै
२०८२ श्रावण १, बिहिबार
वागीश्वरीमा दुई वर्षपछि जुँगे महादेवको प्राणप्रतिष्ठा हुँदै
२०८२ श्रावण १, बिहिबार
अब सातै प्रदेशमा ‘एक विद्यापीठ, एक नमुना गुरुकूल’
२०८२ श्रावण १, बिहिबार
बालबालिकाकाे मोबाइल लत छुटाउने यी हुन् ५ टिप्स्
२०८२ श्रावण १, बिहिबार