कार्तिक २२, २०८३ आइतबार November 8, 2026

सीटीईभीटीमा निःशुल्क औद्योगिक प्रशिक्षार्थी तालिमको लागी आवेदन खुल्यो

मानसिक र शारीरिक रूपमा सक्षम भएको र कम्तीमा १६ वर्ष पूरा भएको नेपाली नागरिक हुनुपर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी) ले निःशुल्क औद्योगिक प्रशिक्षार्थी तालिम दिने भएको छ । सीटीईभीटीले २५ सय भन्दा बढीलाई तालिम दिने जनाएको छ ।

परिषद्ले शुक्रबार एक सूचना प्रकाशित गर्दै प्रि-डिप्लोमा तहको २४ महिना अवधिको निःशुल्क प्रशिक्षणका लागि आवेदन फाराम भर्ने समेत आग्रह गरेको छ ।

प्रशिक्षणमा सहभागी हुन एसइई वा एसएलसी परीक्षामा सहभागी भएको, प्रशिक्षणका लागि मानसिक र शारीरिक रूपमा सक्षम भएको र कम्तीमा १६ वर्ष पूरा भएको नेपाली नागरिक हुनुपर्ने सूचनामा उल्लेख छ ।

हेर्नुहोस् सूचनाः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया