असार २६, २०८२ बिहिबार July 10, 2025

शिक्षामन्त्री भट्टराईद्वारा तीन विश्वविद्यालयका उपकुलपतिसँग छलफल

दक्ष जनशक्ति उत्पादन गर्न विदेशी विद्यार्थीलाई पनि आकर्षित गर्नेगरी शैक्षिक योजना बनाउनुपर्नेमा जोड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले तीनवटा विश्वविद्यालयका उपकुलपतिसँग विश्वविद्यालयको पठनपाठन, परीक्षा, गुणस्तर, भौतिक र अन्य स्रोत साधनको व्यवस्थापनका विषयमा छलफल गर्नुभएको छ ।

उहाँले आफ्नो मन्त्रालयमा त्रिभुवन विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपतिसँग संयुक्त रुपमा विश्वविद्यालयको व्यवस्थापन र अध्यापनबारे छलफल गर्नुभएको मन्त्री भट्टराईको निजी सचिवालयले जनाएको छ ।

उहाँले देशका विश्वविद्यालयले रोजगार बजारका लागि दक्ष जनशक्ति उत्पादन गर्न विदेशी विद्यार्थीलाई पनि आकर्षित गर्नेगरी शैक्षिक योजना बनाउनुपर्नेमा जोड दिनुभयो ।

त्रिविका उपकुलपति डा केशरजङ्ग बरालले शैक्षिक ‘क्यालेन्डर’का आधारमा अध्यापन तथा परीक्षा र प्रश्नपत्रमा सुधार, विश्वविद्यालयको पुनःसंरचना, पाठ्यक्रम संरचना एवं पुनरावलोकन, पुस्तकालय सुधार, परीक्षा प्रणालीको ‘डिजिटाइजेसन’ र विश्वविद्यालयलाई विद्यार्थी तथा समाजको समुदायको नजिक पुर्‍याउने विषयमा जानकारी दिनुभएको थियो ।

नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति यादवप्रसाद लामिछाने शास्त्री र आचार्य तहका पाठ्यक्रम परिमार्जन, पठनपाठनमा आधुनिक र पूर्वीय दर्शनको एकीकरण एवं आयुर्वेदका कार्यक्रम सञ्चालनका लागि जनशक्ति योजना र स्रोतसाधनको अध्यापन तथा पुस्तकको डिजिटाइजेसन गर्न प्रारम्भ भएको बताउनुभयो ।

सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्राडा हेमराज पन्तले आङ्गिक क्याम्पसको व्यवस्थापन, गाभ्ने र गाभिने तथा सम्बन्धन, शैक्षिक क्यालेन्डर, छात्रवृत्ति व्यवस्थापन, एवं विश्वविद्यालय अनुदान आयोग र मन्त्रालयको निरन्तर समन्वयका लागि मन्त्री भट्टराईसँग अनुरोध गर्नुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दक्षिण कोरियाका पूर्वराष्ट्रपति यून सुक–योलविरुद्ध पक्राउ पुर्जी जारी
२०८२ असार २६, बिहिबार
१० इजरायली बन्धक रिहा गर्न हमास सहमत
२०८२ असार २६, बिहिबार
सूर्यविनायक नगर अस्पताल ५० शय्यामा विस्तार, ट्रमा सेन्टरका रुपमा विस्तार गर्ने योजना
२०८२ असार २६, बिहिबार
खानीखोला हाइड्रोपावरको हकप्रद सुरक्षित गर्ने आज मात्रै
२०८२ असार २६, बिहिबार
माओवादीको पदाधिकारी बैठक पेरिसडाँडामा बस्दै
२०८२ असार २६, बिहिबार
निफ्राको ‘हरित ऊर्जा ऋणपत्र’ आजदेखि कारोबारमा
२०८२ असार २६, बिहिबार
पूर्वमन्त्री कुमार खड्काकांग्रेसको साधारण सदस्यबाटै निष्कासित
२०८२ असार २६, बिहिबार