असार २३, २०८२ सोमबार July 7, 2025

‘गोरे’ समुहका फरार अभियुक्त विमानस्थलबाटै पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः ३३ किलो सुन तस्करी गरेको आरोप लागेर फरार एक अभियुक्त पक्राउ परेका छन् । शनिबार दुबईबाट काठमाडौं आएका हरिशरण खड्कालाई अध्यागमन विभागले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएको छ । चुडामणी उप्रेती ‘गोरे’को समूहले दुवईबाट २०७४ माघमा ल्याएको ३३ किलो सुन तस्करीमा संलग्न भएको आरोप लगेका खड्का फरारको सुचीमा थिए ।

काभ्रेको बेथानचोक गाउँपालिका-४ घर भएका खड्का लामो समयदेखि दुवई रहदै आएका थिए । सरकारले बिदेशमा अलपत्र परेका नेपालीलाई नेपाल फर्काउने क्रममा खड्का नेपाल आएका थिए । सुन तस्करीको आरोप पछि खड्कालाई इन्टरपोलले रेडक कर्नर नोटिस जारी गरेको थियो । उनी नेपाल आउन लागेको सूचना पाएको अध्यागमन कार्यालयले बिमानबाट ओर्लिर आगमन कक्ष तर्फ आउदै गर्दा प्रहरीको सहयोगमा नियन्त्रणमा लिएको बताइएको छ ।

अध्यागमनका अनुसार पासपोर्ट नम्बर १००६६५९४ बाहक खड्का चार्टर्ड फ्लाईटमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उत्रिएका थिए । २०७४ माघमा त्रिभुवन विमानस्थलबाट बाहिरिएको ३३ किलो सुन ‘गोरे’ को समूहले दुबईबाट ल्याएको इश्वरराज पौडेलको अध्यक्षतामा गठित छानवीन समितिले पुष्टि गरेको थियो ।

सो सुन हराएपछि तस्करको समूहले दिएको यातनाबाट मोरङ उर्लाबारीको सनम शाक्यको निधन भएको थियो । अहिले सम्म पनि उक्त सुन कहां पुर्याइयो भन्ने बारेमा प्रहरीले सुइको समेत पाउन सकेको छैन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार