असार २६, २०८२ बिहिबार July 10, 2025

हिमाली जिल्ला मुगु ६५औँ साक्षर जिल्ला घोषणा

आफन्तहरुले पठाएको चिठी पढ्न गाउँमा पढेको मान्छे खोज्दै हिँडनुपर्ने अवस्था अन्त्य भएको दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मुगु, ७ असोज । विकट हिमाली जिल्ला मुगुलाइ साक्षर जिल्ला घोषणा गरिएको छ । आज एक औपचारिक कार्यक्रम गर्दै मुगु साक्षर जिल्ला घोषणा गरिएको हो ।

जिल्लाका चार स्थानीय तहहरुले साक्षर पालिका घोषणा गरेसँगै मुगु जिल्लालाई साक्षर जिल्ला घोषणा गरिएको हो । जिल्ला समन्वय समितिले आयोजना गरेको साक्षर जिल्ला घोषणा कार्यक्रममा कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारी प्रमुख अतिथिको रुपमा उपस्थित हुनुभएको थियो ।

जिल्ला समन्वय समिति प्रमुख मन्जनबहादुर कार्कीको अध्यक्षतामा सम्पन्न  साक्षर जिल्ला घोषणा कार्यक्रममा सामाजिक विकास मन्त्री भण्डारीसहित सरोकारवालाले सामूहिक रुपमा घोषणापत्रमा हस्ताक्षर गर्नुभएको थियो ।

“हिजोका दिनमा गाउँघरमा परदेशबाट आफन्तहरुले पठाएको चिठी पढ्न गाउँमा पढेको मान्छे खोज्दै हिँडनुपर्ने अवस्था थियो । अब त्यो अवस्था छैन, आज सबै पढ्न सक्ने भएका छन्”, नेपाल शिक्षक महासङ्घका जिल्ला अध्यक्ष विष्णुमाया भामले भन्नुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घका जिल्ला अध्यक्ष नृपेन्द्रबहादुर मल्लले साक्षर जिल्ला घोषणा गरिएपनि स्थानीय तहहरुले साक्षरताको १२ सूचकमध्ये छ सूचक मात्र पूरा गरेको र बाँकी छ वटा सूचक पनि पूरा गर्न सुझाव दिनुभयो । नागरिक अगुवा रुपबहादुर मल्लले साक्षर जिल्ला घोषणामा मात्र सीमित नरहनुपर्ने बताउनुभयो ।

दुर्गम जिल्लाको स्वास्थ्य, शिक्षाको गुणात्मक सुधारका लागि आफूले कर्णाली प्रदेश सरकारमा उपलब्धीमूलककार्यमा ध्यान दिने सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले प्रतिवद्धता व्यक्त गर्नुभयो । मुगु साक्षर घोषणा भएसँगै देशका ६५ जिल्ला साक्षर घोषणा भएका छन् । अझै १२ जिल्ला साक्षर घोषणा हुन बाँकी छन् ।

कार्यक्रममा स्थानीय देउडा, हुड्के नाचसहित विभिन्न विद्यालयले सांस्कृतिक कार्यक्रम प्रदर्शन गरिएको थियो ।

नेपालको उत्तरी भेगमा अवस्थित विकट दुर्गम एवं पिछडिएको जिल्ला मुगु ६५औँ साक्षर जिल्ला घोषणा । सोमबार एक कार्यक्रमबीच साक्षर जिल्ला घोषणा कार्यक्रममा हस्ताक्षर गर्दै कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री घनश्याम भण्डारी । तस्बिरः नृपेन्द्रबहादुर मल्ल/रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अनुशासनहीन कार्यकर्तामाथि काँग्रेसको डण्डा, पूर्वमन्त्रीदेखि जिल्ला सभापतिसम्म निष्कासित
२०८२ असार २६, बिहिबार
त्रिविको वार्षिक साधारणसभा : ६३औँ ग्रेस लिष्ट पारित
२०८२ असार २६, बिहिबार
दक्षिण कोरियाका पूर्वराष्ट्रपति यून सुक–योलविरुद्ध पक्राउ पुर्जी जारी
२०८२ असार २६, बिहिबार
१० इजरायली बन्धक रिहा गर्न हमास सहमत
२०८२ असार २६, बिहिबार
सूर्यविनायक नगर अस्पताल ५० शय्यामा विस्तार, ट्रमा सेन्टरका रुपमा विस्तार गर्ने योजना
२०८२ असार २६, बिहिबार
खानीखोला हाइड्रोपावरको हकप्रद सुरक्षित गर्ने आज मात्रै
२०८२ असार २६, बिहिबार
माओवादीको पदाधिकारी बैठक पेरिसडाँडामा बस्दै
२०८२ असार २६, बिहिबार