कार्तिक २२, २०८३ आइतबार November 8, 2026

बाँकेको खजुरामा बालिका शिक्षा कार्यक्रम प्रभावकारी बन्दै

बालिका शिक्षा कार्यक्रम बाँकेको चार वटा पालिकाका १९ विद्यालयहरूमा सञ्चालन हुँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौं, ०८ भदौ । बाँकेको खजुरा गाउँपालिकामा बालिका शिक्षा कार्यक्रम प्रभावकारी बन्दै गएको छ । खजुरा गाउँपालिका वडा न-५ मा रहेको श्री भानु माविमा जलवायु न्याय क्लबमा आबद्ध बालिकाहरूको क्षमता मापन तथा कार्यक्रमको प्रभावकारिताका विषयमा पालिका स्तरीय अनुगमन गरिएको छ ।

अध्यक्ष डम्मर विक ‘तुफान’ले भानु माबिका बालिकाहरूमा आएको परिवर्तनले निकै खुसी भएको बताउँदै उहाँले भन्नुभयो, ‘बालिका शिक्षा कार्यक्रमले बालिकाहरूको ज्ञान, सीप र जीवन शैलीमा उल्लेख्य परिवर्तन आएको छ ।’ अध्यक्ष बिकले अहिलेका बालिकाहरू भोलीको नेतृत्वदायी भूमिकामा रहने भएकाले मधेशी र मुस्लिम समुदायको बाहुल्यता रहेको उक्त विद्यालयका बालिकाहरूमा आएको परिवर्तनले अभिभावकहरूमा समेत छोरीलाई पढाउनु पर्छ भन्ने भावनाको बिकास हुँदै गएको जिकिर गर्नु भयो । बालिका शिक्षा कार्यक्रमलाई कसरी नियमित गर्न सकिन्छ भन्ने विषयमा पालिकाले समेत आवश्यक योजना बनाइरहेको अध्यक्ष विकले उल्लेख गर्नु भयो ।

खजुरा गाउँपालिका शिक्षा शाखा प्रमुख खगेन्द्र बहादुर मल्लले जलवायु परिवर्तन सम्बन्धी विषयमा बालिकाहरू स्पष्ट रहेको बताउनु भयो । भानु माबिका शिक्षक बुद्धिराम महतोले मुस्लिम र मधेशी समुदायका बालिकामा आएको परिवर्तन उदाहरणीय रहेको बताउँदै उहाँले भन्नुभयो, ‘मैले यति सम्म परिवर्तन आएको होला भन्ने सोचेको थिएन अनुगमनको क्रममा बिद्यार्थीहरुले दिएको जवाफले उत्साहित भएको छु ।’

रुम टु रिडको आर्थिक तथा प्राविधिक सहयोगमा बास नेपालको समन्वयमा उक्त विद्यालयको पालिकाले अनुगमन गरेको थियो । अनुगमनको क्रममा बालिका शिक्षा कार्यक्रम अनुगमन चेक लिष्ट अनुरुप जलवायु परिवर्तनका १३ ओटा सत्रहरूका बारेमा बालिकाहरूलाई अनुगमनकर्ताहरूले प्रश्न सोधेका थिए । जसमा जलवायु परिवर्तन, परिवारको संलग्नता, सामग्री सहयोग र उपयोगिता, विद्यालयको संलग्नता लगायतको विषय रहेको थियो ।

अनुगमनमा खजुरा गाउँपालिका अध्यक्ष डम्बर बहादुर बिक, प्रमुख प्रशासकीय अधिकृत बस बहादुर राना, विद्यालय व्यवस्थापन समिति अध्यक्ष एवं वडा अध्यक्ष गरिबे शेख, सामाजिक विकास संयोजक कृष्ण कुमारी पोखरेल, शिक्षा शाखा प्रमुख खगेन्द्र बहादुर मल्ल, बालिका शिक्षा कार्यक्रमका संयोजक हेमराज भट्ट,बास नेपालका केन्द्रीय अध्यक्ष लुना बुढाथोकी,रुम टु रिडका सिनियर अफिसर सुष्मा राई, बासका निवर्तमान अध्यक्ष रमेश सिटौला, कार्यकारी निर्देशक नमस्कार शाह लगायतको उपस्थिति रहेको थियो । बालिका शिक्षा कार्यक्रम बाँकेको चार वटा पालिकाका १९ विद्यालयहरूमा सञ्चालन हुँदै आएको छ ।महमूद आलम खान

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
क्रिस्टल प्यालेसलाई ३–१ ले हराउँदै लिभरपुल प्रिमियर लिगको चौथो स्थानमा
२०८३ कार्तिक २२, आइतबार
होर्मुजमा दुई तेल ट्याङ्करमा आगलागी भएको इरानको दाबी
२०८३ कार्तिक २२, आइतबार
कुकुर तिहारजस्ता पर्वलाई अन्तर्राष्ट्रियकरण गर्नुपर्छः प्रथम महिला काफ्ले
२०८३ कार्तिक २२, आइतबार
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि जनज्योति माविलाई
२०८३ कार्तिक २२, आइतबार
बङ्गलादेशको राष्ट्रिय क्रान्ति तथा एकता दिवस मनाइयो
२०८३ कार्तिक २२, आइतबार
Kattik Krishna Aamabasya: Laxmi puja being observed this evening
२०८३ कार्तिक २२, आइतबार
पाकिस्तानका एफ–१६ बलियो बनाउँदै अमेरिका, भारतमा उठ्यो दोहोरो मापदण्डको प्रश्न
२०८३ कार्तिक २२, आइतबार