असार १३, २०८३ शनिबार June 27, 2026

प्रदेशका यी अस्पतालमा अबदेखी शुल्क तिरेर कोभिड- १९ को परीक्षण गर्न पाइने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सरकारले अबदेखि सातै प्रदेशमा शुल्क तिरेर कोभिड-१९ को पिसिआर विधि परीक्षण गर्न पाउने नयाँ व्यवस्था गरेको छ ।

सुदूरपश्चिमको सेती प्रादेशिक प्रयोगशाला धनगढीको प्रयोगशालालाई शुल्क तिरेर पिसिआर परीक्षण गर्न पाउने छन्। धनगढीको प्रयोगशालामा पिसिआर गर्नका लागि ५ हजार ५ सय रुपैयाँ तिरेपछि परिक्षण गर्न पाईने व्यवस्था भएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले सरकारकै प्रयोगशालामामा निर्देशिका भन्दा बाहेकका मानिसले आफूलाई इच्छाएको बेला शुल्क तिरेर नमूना परीक्षण पाइने व्यवस्था गरिएको जानकारी दिए ।

स्वास्थ्यमन्त्री भानुभक्त ढकाललको अध्यक्षतामा यही असार २४ गतेको मन्त्रिस्तरीय निर्णयबाट प्रत्येक प्रदेशमा एक प्रयोगशालालाई शुल्क तिरेर निर्देशिका भन्दा बाहेकका नमूना परीक्षण गर्न पाउने व्यवस्था गरेको हो ।

उनका अनुसार प्रदेश नम्बर १ मा कोशी अस्पताल, प्रदेश नं.२ मा नारायणी अस्पताल, गण्डकी प्रदेशमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, प्रदेश नं ५ मा लुम्बिनी अस्पताल बुटवल, कर्णाली प्रदेशमा प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला सुर्खेत शुल्क तिरेर पिसिआर परीक्षण गर्न पाउने छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया