श्रावण २, २०८२ शुक्रबार July 18, 2025

दुई महिनामा सात अर्बको स्मार्टफोन आयात

साउन र भदौ महिनामा रु. दुई खर्ब ६२ अर्ब ५४ करोड २६ लाख २६ हजार बराबरको आयात

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, असोज १२ गते। चालु आर्थिक वर्षको पहिलो दुई महिनामा झण्डै सात अर्ब रुपियाँको स्मार्टफोन आयात भएको छ।

भन्सार विभागको तथ्याङ्कअनुसार रु. छ अर्ब ७० करोड ८१ लाख ५८ हजार बराबरको चार लाख ५४ हजार नौ सय ५८ थान स्मार्टफोन आयात भएको हो।

यस अवधिमा सबैभन्दा धेरै पेट्रोलियम पदार्थको आयात भएको छ। विभागका अनुसार ११ अर्ब छ करोड ५२ लाख चार हजार बराबरको पेट्रोल आयात भएको छ भने १३ अर्ब ६४ करोड ५२ लाख ५० करोड बराबरको डिजेल आयात भएको छ।

त्यस्तै, एलपी ग्यास नौ अर्ब ४२ करोड ५६ लाख ८५ हजार बराबरको आयात भएको छ। उक्त अवधिमा सवारी साधनको आयात पनि उच्च देखिएको छ। विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार दुई अर्ब ९४ करोड बराबरको मोटरसाइकल र दुई अर्ब ४३ करोड २१ लाख २६ हजार बराबरको विद्युतीय सवारी आयात भएको छ।

नेपालबाट बढी निर्यात हुनेमा कार्पेट, चिया, जुट, धागोलगायतका वस्तु छन्। विभागका अनुसार साउन र भदौ महिनामा सबैभन्दा धेरै एक अर्ब ९९ करोड ९६ लाख सात हजार बराबरको कार्पेट निर्यात भएको छ। त्यस्तै रु. एक अर्ब १४ करोड २४ लाख ३२ हजार बराबरको चिया निर्यात भएको छ। जुट, धागो, जुसलगायतका वस्तु बढी निर्यात हुनेमा छन्।

चालु आर्थिक वर्ष २०८१र८२ को सुरुवाती दुई महिनामा कुल रु. दुई खर्ब ८७ अर्ब ६३ करोड ५७ लाख २८ हजार बराबरको वैदेशिक व्यापारमा नेपालले रु. दुई खर्ब ३७ अर्ब ४४ करोड ९५ लाख २३ हजार बराबर व्यापार घाटा व्यहोरेको छ।

साउन र भदौ महिनामा रु. दुई खर्ब ६२ अर्ब ५४ करोड २६ लाख २६ हजार बराबरको आयात हुँदा २५ अर्ब नौ करोड ३१ लाख तीन हजार बराबरको मात्रै निर्यात भएको छ। रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नाइटोमा तेल लगाउँदा हुनेछ पेट सफा
२०८२ श्रावण २, शुक्रबार
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार
मातृशिशु मृत्युदर घटाउन गर्भवतीलाई पोषण
२०८२ श्रावण २, शुक्रबार