असार १३, २०८३ शनिबार June 27, 2026

सिलिचोङमा सात घर पहिरोले बगायो, ११ सम्पर्कविहीन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाै‌ंः सङ्खुवासभाको सिलिचोङ गाउँपालिका-१ सिसुवाखोलाको बेसिन्दा गाउँमा पहिरो जाँदा सात घर बगाउदा ११ जना सम्पर्कविहीन भएका छन् ।

अविरल वर्षापछि आज बिहान गएको पहिराले सिसुवाखोलाको बेसिन्दा गाउँ पहिरोले बगाएको हो । अहिले बिहान घटनास्थलतर्फ प्रहरी गइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक नवराज मल्लले बताए ।

अहिले पनि निरन्तर भारी वर्षा भइरहेको छ । घटनाको थप विवरण आउन बाँकी छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया