असोज १९, २०८३ सोमबार October 5, 2026

जलेश्वर-बर्दिबास सडकखण्ड अवरुद्ध

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डाैंः महोत्तरीको रातो खोलाले बाटो कटान गरेपछि जिल्लाको जलेश्वर-बर्दिबास सडकखण्ड अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार जिल्लाको महोत्तरी गाउँपालिका-३ मडै स्थित रातो खोलाले कटान गरेपछि सो सडकखण्ड अवरुद्ध भएको हो ।

जिल्ला सदरमुकाम जलेश्वरबाट मडै, रौजा हुँदै बर्दिबाससम्म पुग्ने यस सडकखण्ड अवरुद्ध भएपछि दैनिक आवतजावत गर्ने सवारीसाधन ठप्प भएको छ । चार दिनदेखिको अविरल वर्षाका कारण जिल्लाको विभिन्न तीनवटा स्थानीय तहको २१ वटा घर भत्किदाँ रु दश लाखको क्षति भएको छ । प्रवक्ता प्रहरी नायब उपरीक्षक विष्टका अनुसार मनराशिस्वा नगरपालिका–२ मा आठ, ८ मा आठ र १० मा तीन घर पूर्ण रुपमा भत्किएको छ ।

त्यस्तै जलेश्वर नगरपालिका–१२ मा एक घर र एकडारा गाउँपालिकामा एक घर पूर्ण रुपमा भत्किएको छ । यसरी तीनवटा स्थानीय तहमा २१ वटा घर भत्ँिकदा घरभित्र रहेका अन्नपात, लत्ताकपडा, भाँडाकुँडा तथा नगद र अन्य सामग्री गरी जम्मा रु नौ लाख ६० हजार मूल्य बराबरको क्षति भएको जनाइएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आजको मौसम : तराईमा आंशिक बादल, पहाड र हिमालमा वर्षा तथा हिमपातको सम्भावना
२०८३ असोज १९, सोमबार
पढाइसँगै सीप, अनुसन्धान र नवप्रवर्तनमा जोड दिनुपर्छः मन्त्री महावीर पुन
२०८३ असोज १९, सोमबार
राष्ट्र बैंकद्धारा आज सोमबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
२०८३ असोज १९, सोमबार
आज सोमबार, कस्तो रहला तपाँईको दिन ? हेर्नुहोस् राशिफल
२०८३ असोज १९, सोमबार
भोटेकोशी बाढीः रसुवाका ४५ विद्यार्थी अझै सम्पर्कविहीन
२०८३ असोज १९, सोमबार
विश्वकप लिग–२ खेल्ने नेपाली क्रिकेट टोलीको बिदाइ
२०८३ असोज १८, आइतबार
‘समृद्धिका लागि तीन तहबीच समन्वय, सहकार्य र सहअस्तित्व आवश्यक छ’
२०८३ असोज १८, आइतबार