असार २०, २०८२ शुक्रबार July 4, 2025

थाइल्यान्डमा स्कुल बसमा आगलागी : २५ जनाको मृत्यु भएको आशङ्का

कम्प्रेस्ड ग्यासमा चलिरहेको बस ठोक्किँदा इन्धन ट्याङ्की जलेर आगलागी हुन पुगेको भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

बैंकक, असोज १५ गते । थाइल्यान्डमा ४४ जना विद्यार्थी र शिक्षक बोकेको विद्यालयको बसमा मङ्गलबार आगलागी भएको छ । अधिकारीहरूले बसमा सवार २५ जनाको मृत्यु भएको आशङ्का व्यक्त गरेका छन् । प्रधानमन्त्री पेतोङ्तार्न सिनावात्राले घाइते र पीडित परिवारप्रति समवेदना प्रकट गर्नुभएको छ ।

यातायातमन्त्री सूर्या जुङरुङराङकिटले मृतकको सङ्ख्या स्पष्ट नभएको तर आगलागीपछि २५ जनाको विवरण हालसम्म प्राप्त नभएको बताउनुभएको छ ।

“प्रारम्भिक प्रतिवेदनअनुसार बसमा ३८ जना विद्यार्थी र ६ जना शिक्षकसहित ४४ जना थिए । हामीलाई जानकारी भएअनुसार तीन शिक्षक र १६ जना विद्यार्थी बाहिर निस्केका छन्”, उहाँले सञ्चारकर्मीलाई बताउनुभयो ।

उथाइ थानी प्रान्तबाट विद्यार्थी बोकेर हिँडेको बस उत्तरी बैंककको उपनगरको राजमार्गमा पङ्चर भएको र ठोक्किएको एक उद्धारकर्मीले जानकारी गराउनुभयो । कम्प्रेस्ड ग्यासमा चलिरहेको बस ठोक्किँदा इन्धन ट्याङ्की जलेर आगलागी हुन पुगेको उहाँले बताउनुभयो ।

“मैले उथाइ थानीबाट विद्यार्थी बोकेको बसमा आगलागी भएको जानकारी प्राप्त गरे, म घाइते र मृतकको परिवारप्रति गहिरो समवेदना व्यक्त गर्न चाहन्छु”, पेटोङटार्नले सामाजिक सञ्जाल एक्समार्फत बताउनुभयो । आगो नियन्त्रणमा लिएको तर शव खोज्नुअघि बस चिसो हुन पर्खनुपरेको उद्धारकर्मीले बताएका छन् । रासस/एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
लिभरपुलले दिवंगत जोटाको सम्झनामा २० नम्बर जर्सी स्थायी रूपमा हटाउने
२०८२ असार २०, शुक्रबार
सेनाको निःशुल्क स्वास्थ्य शिविरबाट ४२२ जना स्थानीयवासीहरू लाभान्दित
२०८२ असार २०, शुक्रबार
ट्रम्पको विवादास्पद कर तथा खर्चसम्बन्धी विधेयक अमेरिकी संसदबाट पारित
२०८२ असार २०, शुक्रबार
‘पृतनापति ट्रफी २०८२’ प्रतियोगिता सुरु, सेनाका एकाइबीच ७ खेलमा प्रतिस्पर्धा
२०८२ असार २०, शुक्रबार
पहिलोपल्ट राष्ट्रिय महिला फाइभ ‘ए’ साइड हकी प्रतियोगिता हुने
२०८२ असार २०, शुक्रबार
विपत् व्यवस्थापन कार्यमा जुट्न माओवादी केन्द्रको निर्देशन
२०८२ असार २०, शुक्रबार
भन्सार छलेर ल्याइएका १८ लाखका कपडा बरामद
२०८२ असार २०, शुक्रबार