असार २३, २०८२ सोमबार July 7, 2025

विद्यालयका प्रधानाध्यापकसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

विद्यालयको शौचालयसहितका भौतिक संरचना निर्माणमा अनियमितता गरेको आरोप

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सप्तरी । सप्तरीको कन्चनरुप नगरपालिकास्थित एक विद्यालयको शौचालयसहितका भौतिक संरचना निर्माणमा अनियमितता गरेको भन्दै तत्कालीन प्रअसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

जिल्लाको कन्चनरुप नपा–२ स्थित शङ्कर माध्यमिक विद्यालय बरमझियाका तत्कालीन प्रअ दिलीपकुमार गुप्ता, शिक्षक हृदयराम चौधरी र विद्यालयका कर्मचारी श्रवणकुमार चौधरीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मङ्गलवार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

आयोगले प्रअ गुप्ताविरुद्ध आव २०७१/७२ मा विद्यालयको शौचालय निर्माणका लागि निकासा भएको बजेट हिनामिना गरेको, विद्यार्थीका नाममा आएको छात्रवृत्ति वितरण नगरी अनियमितता गरेको, आव २०७३/७४ मा राहत शिक्षकका लागि अनुदान बापत आएको रकम शिक्षक नराखी आफैँ बुझेको, पाठ्य पुस्तक खरिदमा हिनामिना गरेको लगायत विषयमा अनुसन्धान गरेको थियो । अनुसन्धानपछि मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

प्रअ गुप्ताविरुद्ध रु ६ लाख ४९ हजार ९ सय १६ बिगो कायम गरी बिगो बमोजिम जरिवाना र हिनामिना भएको बिगो बमोजिमको रकम निजबाट असुल उपर गर्नुपर्ने माग दाबी अख्तियारले गरेको छ ।

शिक्षक हृदयराम चौधरीविरुद्ध रु ६२ हजार ५ सय ८३ र कर्मचारी श्रवणकुमार चौधरीविरुद्ध रु ५ लाख ८७ हजार ३ सय ३३ बिगो कायम गरी मुद्दामा दायर गरिएको अख्तियारले जनाएको छ।

उनीहरूले शौचालय निर्माणमा रु ६२ हजार ५ सय ८३, छात्रवृत्ति रकममा रु ३ लाख १० हजार ४००, पाठ्यपुस्तक खरिदका लागि विनियोजित बजेटमा रु १ लाख २६ हजार २ सय ४७ र राहत शिक्षकको तलव भत्तामा रु १ लाख ५० हजार ६ सय ६८ हिनामिना गरेको पुष्टि भएपछि हिनामिना भएको रकमलाई बिगो कायम गरी भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार