कार्तिक ३, २०८३ मंगलबार October 20, 2026

नयाँ राष्ट्रपति चयनका लागि मतदान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौं: युरोपेली मुलुक पोल्याण्डमा नयाँ राष्ट्रपति चयनका लागि आइतबार मतदान भएको छ ।

नयाँ राष्ट्रपतिका लागि वर्तमान् राष्ट्रपति अन्दर्जेज डुडा र युरोपेली संसदका पूर्व सदस्य राफल ट्रजास्कोवस्कीले प्रतिस्पर्धा गर्नुभएको छ ।

डुडालाई सत्तारुढ दल र सरकारले समर्थन गरेको छ । उनीहरुले डुडालाई नै थप ५ बर्षका लागि राष्ट्रपति बनाउन चाहेका छन् । उहाँ फेरी निर्वाचित हुनुभयो भने उहाँको त्यो दोस्रो कार्यकाल हुनेछ ।

अर्का प्रतिस्पर्धी राफललाई भने प्रमुख प्रतिपक्षी दल सिभिक प्लेटफर्म पार्टीले समर्थन जनाएको छ । जुन पार्टी यसअघि सन् २००७ देखि २०१५ सम्म शक्तिमा रहेको थियो ।

राष्ट्रपतिका लागि चुनावी मैदानमा उत्रिएका दुवै जना ४८ बर्षका रहेका छन् । उनीहरुबीच कडा प्रतिश्पर्धा हुने देखिएको छ । पछिल्ला सर्वैक्षणहरुले उनीहरुका बीचमा झिनो मतान्तरले जित तथा हार हुने देखाएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आज महानवमी पर्व मनाइँदै
२०८३ कार्तिक ३, मंगलबार
महानवमीमा मात्र खुला हुने तलेजु भवानी मन्दिर, आज बिहान ५ बजेदेखि भक्तजनले दर्शन गर्न पाउने
२०८३ कार्तिक ३, मंगलबार
आज मंगलबारः कसलाई कस्तो छ योग ? हेर्नुहोस् राशिफल
२०८३ कार्तिक ३, मंगलबार
माल्दिभ्सलाई हराउँदै नेपालले हात पार्यो आइएचएफ महिला ह्यान्डबल ट्रफीमा जित
२०८३ कार्तिक २, सोमबार
राष्ट्रिय खेलकुदका लागि गण्डकीका स्थानीय तहदेखि नै खेलाडी छनोट गरिँदै
२०८३ कार्तिक २, सोमबार
ओमानलाई हराउँदै नेपाल लिग-२ को शीर्ष ६ मा
२०८३ कार्तिक २, सोमबार
इटालीमा महँगीविरुद्धको प्रदर्शनमा हिंसा, प्रधानमन्त्री मेलोनीद्वारा निन्दा
२०८३ कार्तिक २, सोमबार